७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुकुर काटेर मार्नेलाई खोज्न कुकुर नै परिचालन गरिने !



अ+ अ-

काठमाडौं । गत बुधबार साँझ इटहरी १ हलगाडास्थित मोहन विश्वकर्माको घरमा पालेको जर्मन सेफर्ड प्रजातिको कुकुरलाई काटेर मार्ने ३ जना अभियुक्तलाई पक्रिन प्रहरीले तालीम प्राप्त कुकुर नै परिचालन गर्ने भएको छ ।

गत बुधबार विश्वकर्माका छोरा आयुष विश्वकर्मासंग सामान्य भनाभन भएकोमा साँझ ७ वजेतिर इटहरीकै विशाल माझि, मनोज भण्डारी र सुदिन राईले आयुषलाई आक्रमण गर्ने उद्धेश्यले हाततियार सहित आयुषको घरमा गएका थिए ।

आयुषलाई नभेटेपछि अभियुक्तहरुले आयुषको घरको भर्यांगमा बाँधेको जर्मन सेफर्ड कुकुरलाई काटेर भागेकोमा सोही चोटका कारण विहीबार कुकुर मरेको थियो । घरपालुवा कुकुर मरेपछि घरधनी मोहन विश्वकर्माले इटहरी प्रहरीमा ती तीनैजना अभियुक्तको विरुद्धमा किटानी जाहेरी दिएका थिए ।
“घटनापछि तीनैजना अभियुक्तहरु भागेका छन, उनीहरुलाई सादा पोशाकका प्रहरीले खोजी राखेका छन, केही दिनभित्र उनीहरु नभेटिए या उनीहरुले आत्मसर्मपण नगरेमा उनीहरुलाई तालीम प्राप्त कुकुरबाटै खोजिनेछ”-इटहरी प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले न्यूज पोलारसंग भने ।