७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यापारी रुप ज्योतिका बाबुछोरीलाई ३ दिन थुनामा राख्न अदालतको आदेश



अ+ अ-

काठमाडौं । पूर्वअर्थ राज्यमन्त्री तथा व्यापारी रुप ज्योति र उनकी छोरी सुरुचीलाई ३ दिन थुनमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ। प्रहरीले ज्योति बाबुछोरीलाई बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।

थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंले बाबुछोरीलाई जिल्ला अदालत काठमाडौं लगेको थियो।

अदालतले ३ दिनको म्याद दिएको प्रहरीले जनाएको छ। हाउजिङका नाममा विभिन्न व्यक्तिलाई ठगी गरेको मुद्दामा काठमाठौं जिल्ला अदालतले २०७५ मंसिर २० मा पक्राउ गर्न अनुमति दिएको थियो। तर त्यसविरुद्ध ज्योति सर्वोच्च पुगेका थिए। त्यसको करिब १ वर्षपछि सर्वोच्चले ज्योतिको विपक्षमा फैसला सुनाएपछि उनी पक्राउ परेका हुन्।