८ असार २०८३, सोमबार
,
Latest
नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिन बन्द कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण सरकारले खरिद प्रक्रिया अगाडि नबढाउँदा ५ लाख एन्टीरेबिज भ्याक्सिन खोप आउन सकेन मनसुन चार प्रदेशमा विस्तार, नेपालमा यस वर्ष ६ दिन ढिलो प्रवेश प्रधानमन्त्रीद्वारा सौराहाको हात्ती प्रजनन केन्द्रको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलोचनाको केन्द्रमा रहेका प्रधानमन्त्रीका सल्लाहकारहरु हट्ने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सल्लाहकार एवं सदस्यले राजीनामा दिने भएका छन् । प्रधानमन्त्रीलाई सहज बनाउन भन्दै सचिवालयका सबै सदस्यले राजीनामा दिन लागेको बताइएको छ । सचिवालयका एक सदस्यको भनाईमा मंसिरबाट लागू हुने गरी स्वच्छिक रुपमा राजीनामा दिन लागिएको हो ।

विष्णु रिमाल, राजन भट्टराइ र कुन्दन अर्याल

आलोचनाको केन्द्रमा रहेका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल, सूचना प्रविधि सल्लाहकार अस्गर अलीसहित सबैले राजीनामा दिने छन् ।

मुख्य सल्लाहकारहरुले प्रधानमन्त्रीलाई गुमराहमा राखेको, अनावश्यक विवादमा तानेको तथा प्रमसँगको जनसम्पर्क कुंठित बनाएको आरोप लाग्दै आएको छ ।