७ पुष २०८२, सोमबार
,
Latest
‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

साझेदारीमा ‘स्मार्ट’ सार्वजनिक शौचालय



अ+ अ-

कास्की । पोखरा महानगरपालिका लगायतका सङ्घसंस्थाको लागत साझेदारीमा यहाँ एक ‘स्मार्ट’ सार्वजनिक शौचालय निर्माण गरिएको छ । महानगरको रु १४ लाख ४३ हजार ५८४, लायन्स अन्तर्राष्ट्रिय ३२५ बी–१ नेपालको रु पाँच लाख, रोटरी क्लब अफ मिडटाउनको रु चार लाख तथा अमरसिंह व्यापार व्यवसायी समितिको रु एक लाख लगानीमा पोखराको मुख्यबजार क्षेत्र अमरसिंहचोकमा शौचालय निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष ओमप्रसाद सुवेदीले बताए ।

शौचालय निर्माणका लागि रु २६ लाख ६६ हजार ३४३ खर्च भएको रु दुई लाख ३१ हजार ७५९ अपुग रहेको बताइएको छ । दुई तलाको सो भवनको तल्लो तलामा बाल तथा अपाङ्गमैत्री सेन्सरजडित तथा पर्याप्त मात्रामा पानीको व्यवस्था छ । महिला तथा पुरुष छुट्टाछुट्टै शौचालयमा एक पटकमा तीन÷तीन जना जान मिल्ने रहेको छ । शौचालय वरिपरिको क्षेत्रमा विभिन्न फूल तथा बिरुवाको बगैँचा बनाएर सुन्दरता प्रदान गर्ने योजनासमेत रहेको बताइन्छ ।

पर्यटकीय शहर पोखरामा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या वृद्धि भइरहेपनि बजार क्षेत्रमा शौचालय नहुँदा पर्यटकले सास्ती पाएका थिए । महानगरले बजारका अन्य प्रमुख चोकहरुमा समेत शौचालय निर्माण गर्ने योजना अघि सारेको छ । शनिबार स्मार्ट शौचायलको उद्घाटन गर्दै महानगरप्रमुख मानबहादुर जिसीले सङ्घसंस्थाको समेत लागत साझेदारीमा निर्माण गरिएकाले उचित संरक्षण तथा व्यवस्थापन हुने विश्वास व्यक्त गरे ।

महानगरले चालू आर्थिक वर्षभित्रमा बजार अन्य मुख्य चोकहरुमा समेत शौचालय निर्माणका लागि बजेट विनियोजन गरिएको र यसै वर्ष काम शुरु गरिने उनले बताए ।