१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कुटर चालकको मृत्यु



अ+ अ-

चितवन । भरतपुर महानगरपालिका–७ तेह्रसालचोकमा आज बिहान स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । स्कुटरमा पछाडि सवार एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का २६ वर्षीय सुवास तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइते हुनेमा रत्ननगर नगरपालिका–६ की २० वर्षीया पुजा सुनार हुन् । प्रहरीका अनुसार गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको ना५९प ३३७० नंको स्कुटर तेह्रसालचोकमा अनियन्त्रित भई पल्टिएको थियो ।

स्कुटर पल्टिएसँगै घाइते तामाङको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । पछाडि सवार घाइते सुनारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटना बिहान ३ः५० बजे भएको थियो ।