१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इकार्डी चम्किदाँ पीएसजीको जित



अ+ अ-

पेरिस सेन्ट जर्मेन पीएसजीले लिग वानमा सफलता हासिल गरेको छ । शनिबार राति बराबरीतर्फ उन्मुख खेलमा ईकार्डीले गोल गरेपछि ब्रेस्टलाई २–१ गोल अन्तरले पीएसजीले हराएको छ ।खेलको ३९ औ मिनेटमा एन्जल डी मारियाले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।ग्रान्डसिरले ७२ औ मिनेटमा ब्रेस्टका लागि बराबरी गोल फर्काएका थिए ।

ईकार्डीले ८५ औ मिनेटमा गोल गर्दै पीएसजीलाई जित दिलाउन सफल रहे । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनी पाँचौ मिनेटमा गोल गर्न सफल रहेका थिए । अर्जेन्टिनी स्टार पछिल्ला १० खेलमा ९ गोल गर्न सफल रहेका छन् । उनी लोनमा ईन्टर मिलानबाट यसै सिजन पीएसजी आएका हुन् ।

ईकार्डीको गोलसंगै पीएसजी जितको यात्रामा फर्किएको छ । साविक विजेता पीएसजीले १३ खेलमा १० जित निकाल्न सफल भएको छ । उसले दोस्रो स्थानको एन्गर्ससंग ९ अंकको अग्रता लिएको छ । शीर्ष स्थानको पीएसजीको ३० अंक छ । ब्रेस्ट १७ अंक सहित तालिकाको दशौं स्थानमा छ ।