२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

इकार्डी चम्किदाँ पीएसजीको जित



अ+ अ-

पेरिस सेन्ट जर्मेन पीएसजीले लिग वानमा सफलता हासिल गरेको छ । शनिबार राति बराबरीतर्फ उन्मुख खेलमा ईकार्डीले गोल गरेपछि ब्रेस्टलाई २–१ गोल अन्तरले पीएसजीले हराएको छ ।खेलको ३९ औ मिनेटमा एन्जल डी मारियाले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।ग्रान्डसिरले ७२ औ मिनेटमा ब्रेस्टका लागि बराबरी गोल फर्काएका थिए ।

ईकार्डीले ८५ औ मिनेटमा गोल गर्दै पीएसजीलाई जित दिलाउन सफल रहे । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनी पाँचौ मिनेटमा गोल गर्न सफल रहेका थिए । अर्जेन्टिनी स्टार पछिल्ला १० खेलमा ९ गोल गर्न सफल रहेका छन् । उनी लोनमा ईन्टर मिलानबाट यसै सिजन पीएसजी आएका हुन् ।

ईकार्डीको गोलसंगै पीएसजी जितको यात्रामा फर्किएको छ । साविक विजेता पीएसजीले १३ खेलमा १० जित निकाल्न सफल भएको छ । उसले दोस्रो स्थानको एन्गर्ससंग ९ अंकको अग्रता लिएको छ । शीर्ष स्थानको पीएसजीको ३० अंक छ । ब्रेस्ट १७ अंक सहित तालिकाको दशौं स्थानमा छ ।