१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण

सुदूरपश्चिममा डाक्टर पाउनै मुस्किल

सुदूरपश्चिममा डाक्टर पाउनै मुस्किल
अ अ+ अ-

डोटी । कर्मचारी समायोजनको सकस चलिरहेका बेला सुदूरपश्चिम प्रदेशका अधिकांश अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव देखिएको छ । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल, राजपुरका अनुसार डोटीसहित समग्र सुदूरपश्चिममा १०४ चिकित्सकको अभाव छ ।

यहाँका अधिकांश चिकित्सकले समायोजनमा सङ्घ रोजेपछि स्वास्थ्य संस्थामा चिकित्सकको अभाव देखिएको हो । डोटी जिल्ला अस्पतालमा लामो समयदेखि मेडिकलसुपरिटेन्डेन्ट पद रिक्त छ । यहाँ तीन स्वास्थ्य अधिकृतको दरबन्दी रहे पनि हाल दुई जना मात्र कार्यरत छन् । नवौँ र दशौँ तहका चिकित्सकको दरबन्दी खाली रहेको जिल्ला अस्पतालले जनाएको छ । पच्चीस श्ययाको अस्पतालमा दुई चिकित्सक, एक स्वास्थ्य सहायक, दुई अहेव, एक स्टाफ नर्स तथा दुई अनमीको दरबन्दी रिक्त छ ।

यस्तै बोगटान फुडसील गाउँपालिकास्थित केदारअखडा प्राथमिक स्वास्थ्य केन्द्रमा डेढ वर्षदेखि चिकित्सक अभाव छ । यहाँ स्वास्थ्य सहायकले उपचार भइरहेको स्थानीयवासी हेम बलमे बताउनुभयो । उहाँले भन्नुभयो, “चिकित्सकको माग गरेको ग¥यै छौँ, सुनवाई भएको छैन ।”

जोरायल प्राथमिक स्वास्थ्य केन्द्रमा पनि लामो समयदेखि चिकित्सकको अभाव छ । यहाँ स्वास्थ्य सहायकका भरमा बिरामीको उपचार भइरहेको छ । डडेल्धुरा अस्पताल सङ्घ सरकारको मातहतमा छ भने सेती र महाकाली तथा जिल्ला अस्पताल प्रदेश सरकार मातहतमा छन् । प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकी स्थानीय तह मातहत गएपछि हरेक स्वास्थ्य संस्थामा सरकारी दरबन्दीका चिकित्सकदेखि अनमी, अहेबसम्मका स्वास्थ्यकर्मीको अभाव रहेको स्थानीय जनप्रतिनिधि बताउँछन् ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय मातहत सेती प्राविधिक अस्पताल (साविकको सेती अञ्चल अस्पताल) कैलाली, महाकाली अञ्चल अस्पताल कञ्चनपुर, तथा पहाडी जिल्ला बैतडी, दार्चुला, डोटी, बझाङ, बाजुरा र अछामका जिल्ला अस्पताल र कैलालीको टीकापुर अस्पताल छन् । डडेलधुरा अस्पतालमा १९ चिकित्सकको दरबन्दी रिक्त छ भने स्थानीय सरकार मातहत रहेका डडेलधुराको जोगबुडा अस्पतालमा पाँच चिकित्सकको दरबन्दी रहेकामा सबै दरबन्दी रिक्त छ । डडेल्धुरा अस्पतालमा सरकारले १०९ जनाको दरबन्दी रहने गरी स्वीकृति दिएको छ । स्वीकृत दरबन्दीमध्ये ३७ जनाको मात्रै पदपूर्ति भएको छ ।

पछिल्लो समय यहाँका अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको चाप बढे पनि चिकित्सक नहुँदा सबैले सेवा पाउन नसकेको दिपायलका स्थानीयवासी दिव्यराज पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पातलमा बिरामीको चाप दिनहुँ बढ्न थालेको छ, चिकित्सक नहुँदा बिरामी मारमा परेका छन् ।” यस्तै अछाम जिल्ला अस्पतालमा दुई चिकित्सकको स्थायी दरबन्दी रहे पनि लामो समयदेखि दुई करारका चिकित्सकले सेवा दिइरहेका छन् । चौरपाटी गाउँपालिकाको चौरमाडौँ प्राथमिक स्वास्थ केन्द्र र कमलबजार नगरपालिकाको प्राथमिक स्वास्थ केन्द्रमा दुई चिकित्सकको दरबन्दी रिक्त छ ।