१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण

हिमाली क्षेत्र मनमोहक

हिमाली क्षेत्र मनमोहक
अ अ+ अ-

रसुवा । हिजो आज हिमाली क्षेत्रको मौसम सफा रहने भएकाले प्रकृतिपे्रमीहरूका लागि सफा प्राकृतिक दृश्य अवलोकन गर्न र पदयात्रा गर्न सहज भएको छ । नजिकै देखिने लाङटाङ हिमाल, हरियाली वनजङ्गल, उडिरहने पन्छी, छङछङ गर्ने झर्नाजस्ता सम्पदाले जिल्लाकोे भ्रमण गर्ने आन्तरिक एवं बाह्य पर्यटकको आवागमन बढ्न थालेको छ ।

स्थानीय पर्यटन व्यवसायीका अनुसार प्राकृतिक दृश्यावलोकनका लागि अहिले दिनदिनै एक सयभन्दा बढी पर्यटकले भ्रमण गरिरहेका छन् । मोटर यात्रापश्चात् गोसाइँकुण्ड जाने पर्यटकले धुञ्चेबाट र लाङटाङ जाने पर्यटकले स्याफ्रुबेँसीबाट पैदलयात्रा गर्ने गरेको होटल व्यवसायी राम पौडेलले बताउनुभयो ।आन्तरिक एवं बाह्य पर्यटक तामाङ सम्पदा मार्गअन्तर्गत पार्वतीकुण्ड, तातोपानी र नाकथलीसमेतको भ्रमण गर्ने र ठाउँठाउँका घरवास (होमस्टे) तथा होटल सञ्चालकले खाना खुवाउन र बस्न सहज गराएकाले पर्यटककोे आगमन बढ्दै गएको गतलाङका होमस्टे सञ्चालक फुर्पु सिङ्गी तामाङले बताउनुभयो ।

गोसाइँकुण्ड र लाङटाङतर्फ भने होटल तथा लजको व्यवस्था छ । सन् २०२० को नेपाल भ्रमण वर्ष सफल पार्न यहाँका होटल व्यवसायीले पूर्वाधार विस्तार गरिरहेको पर्यटन व्यवसायी सुब्बा तामाङले जानकारी दिनुभयो ।चन्दनबारी क्षेत्रमा (रेडपान्डा) रातोहाब्रेसमेत अवलोकन गर्न सक्ने भएकाले त्यहाँ पर्यटकले थप एक दिन बसाइँ लम्याउने गरेको बताइएको छ ।

काठमाडौँबाट रसुवाको भ्रमण शुरु गरेपछि सात दिनमा उत्तरी क्षेत्रको भ्रमण गर्न सकिने र तामाङ सम्पदा मार्गमा स्थानीय मकै तथा कोदाको ढिँडो, सागसब्जी र कालो मुसुरोको दालजसता परिकार खुवाउँदा पर्यटक सन्तुष्ठ हुने गरेको गत्लाङका होमस्टे सञ्चालकहरु बताउँछन् ।पर्यटन वर्ष २०२० लाई सफल पार्न र रसुवामा पनि थप पर्यटक भित्र्याउन यहाँका स्थानीय सरकारले थप सुधारका कदम चालिसकेको र भइराखेका होटललाई सुदृढ बनाउन थालेको जिल्ला समन्वय प्रमुख कुलप्रसाद भट्टले जानकारी दिनुभयो ।