१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईङ्लिस प्रिमियर लिगमा सिटीलाई हराउँदै लिभरपुल बलियो



अ+ अ-

ईङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यान्चेष्टर सिटीलाई हराएको छ । आईतबार घरेलु मैदान एनफिल्डमा भएको खेलमा सिटीलाई ३–१ गोल अन्तरले लिभरपुलले हराएको हो ।लिभरपुलले साविक विजेता सिटीलाई हराउँदै उपाधिमा आफ्नो दाबेदारिता प्रस्तुत गररेको हो ।लिभरपुलले तालिकामा ८ अंकको अग्रता लिन सफल भएको छ । घरेलु मैदानमा सहज जित निकाल्ने क्रममा छैटौ मिनेटमा फाबिन्होले लिभरपुललाई अग्रता दिलाएका थिए ।

लगत्तै लिभरपुलको डिबक्समा ह्याण्ड भएको भन्दै सिटीले बलियो अपिल गरेको थियो । तर रेफ्रीले त्यसको कुनै सुनुवाई गरेनन् । १३ औ मिनेटमा हेडमार्फत गोल गर्दै मोहमद सलाहाले लिभरपुलको अग्रता दोब्बर बनाएका थिए । एन्ड्रे रोबर्टसनको उत्कृष्ट क्रसमा सलाहाको हेड गोल उत्तिकै उत्कृष्ट थियो ।

साडियो मानेले ५१ औ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई ३–० ले अघि बढाएका थिए । जोडन हेन्डरसनको क्रममा मानेले गोल गर्दै लिभरपुललाई बलियो अवस्थामा पुर्याएका थिए । खेलको ७८ औ मिनेटमा सिटीका लागि बेर्नाल्डो सिल्भाले एक सान्त्वना गोल फर्काएका थिए । लिभरपुलको डिफेन्स सिटीको अगाडी कमजोर देखिएको थियो ।

तर योर्गेन क्लोपको लिभरपुल कुनैपनि समय र स्थानबाट सिटीका लागि घातक बन्न सक्ने प्रमाणित गरिदियो । लिभरपुल १२ खेलबाट ३४ अंक सहित तालिकाको शीर्ष स्थानमा रह्यो । सिटी २५ अंक सहित चौथो स्थानमा रह्यो ।