२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईङ्लिस प्रिमियर लिगमा सिटीलाई हराउँदै लिभरपुल बलियो



अ+ अ-

ईङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यान्चेष्टर सिटीलाई हराएको छ । आईतबार घरेलु मैदान एनफिल्डमा भएको खेलमा सिटीलाई ३–१ गोल अन्तरले लिभरपुलले हराएको हो ।लिभरपुलले साविक विजेता सिटीलाई हराउँदै उपाधिमा आफ्नो दाबेदारिता प्रस्तुत गररेको हो ।लिभरपुलले तालिकामा ८ अंकको अग्रता लिन सफल भएको छ । घरेलु मैदानमा सहज जित निकाल्ने क्रममा छैटौ मिनेटमा फाबिन्होले लिभरपुललाई अग्रता दिलाएका थिए ।

लगत्तै लिभरपुलको डिबक्समा ह्याण्ड भएको भन्दै सिटीले बलियो अपिल गरेको थियो । तर रेफ्रीले त्यसको कुनै सुनुवाई गरेनन् । १३ औ मिनेटमा हेडमार्फत गोल गर्दै मोहमद सलाहाले लिभरपुलको अग्रता दोब्बर बनाएका थिए । एन्ड्रे रोबर्टसनको उत्कृष्ट क्रसमा सलाहाको हेड गोल उत्तिकै उत्कृष्ट थियो ।

साडियो मानेले ५१ औ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई ३–० ले अघि बढाएका थिए । जोडन हेन्डरसनको क्रममा मानेले गोल गर्दै लिभरपुललाई बलियो अवस्थामा पुर्याएका थिए । खेलको ७८ औ मिनेटमा सिटीका लागि बेर्नाल्डो सिल्भाले एक सान्त्वना गोल फर्काएका थिए । लिभरपुलको डिफेन्स सिटीको अगाडी कमजोर देखिएको थियो ।

तर योर्गेन क्लोपको लिभरपुल कुनैपनि समय र स्थानबाट सिटीका लागि घातक बन्न सक्ने प्रमाणित गरिदियो । लिभरपुल १२ खेलबाट ३४ अंक सहित तालिकाको शीर्ष स्थानमा रह्यो । सिटी २५ अंक सहित चौथो स्थानमा रह्यो ।