८ भाद्र २०८३, सोमबार
,
Latest
गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग पशुपतिनाथमा विशेष पूजा कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङमा पर्यटकको चहलपहल,शालिग्राम पार्क आकर्षणको केन्द्र



अ+ अ-

मुस्ताङ । हिमाली जिल्लाको अनुपम प्राकृतिक सौन्दर्य र धार्मिक महत्व बोकेको मुस्ताङमा पछिल्लो समय पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्न थालेको छ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ मा रहेको चर्चित पर्यटकीय गन्तव्य ‘सेल्फी (शालिग्राम पार्क)’ मा आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य भीड देखिएको छ। यहाँ भ्रमणका लागि आउने पर्यटकसँगै चलचित्र, म्युजिक भिडियो तथा विभिन्न दृश्य सामग्री छायाङ्कन गर्न आउने टोलीको आगमन पनि बढिरहेको स्थानीयले बताएका छन्।

विशेषगरी मुस्ताङ भ्रमणमा पुग्ने पर्यटकका लागि मुक्तिनाथ, कागबेनी, लोमान्थाङलगायतका क्षेत्रसँगै शालिग्राम पार्क पनि नयाँ आकर्षणका रूपमा विकास हुँदै गएको छ। प्राकृतिक बनोट, हिमाली दृश्य, अनौठो भू–परिदृश्य तथा धार्मिक महत्वका कारण यस क्षेत्रमा पुग्ने पर्यटकले तस्बिर र भिडियो खिच्ने, घुमफिर गर्ने तथा स्थानीय संस्कृति अवलोकन गर्ने गरेका छन्।

कालीगण्डकी नदीसँग जोडिएको शालिग्रामको धार्मिक महत्वका कारण यो क्षेत्र हिन्दु धर्मावलम्बीका लागि विशेष आस्थाको केन्द्र मानिन्छ। शालिग्रामलाई भगवान विष्णुसँग सम्बन्धित पवित्र शिला मानिने भएकाले मगपतिक्षेत्र र आसपासका क्षेत्र धार्मिक तथा सांस्कृतिक दृष्टिले समेत महत्वपूर्ण रहेका छन्।

स्थानीय व्यवसायीका अनुसार पर्यटकको संख्या बढ्दै जाँदा होटल, रेष्टुरेन्ट, यातायात तथा स्थानीय व्यापारमा सकारात्मक प्रभाव देखिन थालेको छ। पर्यटन गतिविधि बढेसँगै स्थानीयस्तरमा रोजगारी र आयआर्जनका अवसर पनि विस्तार हुने अपेक्षा गरिएको छ।

मुस्ताङ नेपालको ट्रान्स–हिमालय क्षेत्रभित्र पर्ने विशेष भौगोलिक क्षेत्र हो, जहाँ हिमाली भू–दृश्य, प्राचीन संस्कृति र तिब्बती प्रभाव झल्किने जीवनशैलीले पर्यटकलाई आकर्षित गर्ने गरेको छ। पछिल्ला वर्षहरूमा सडक पहुँचमा सुधार र प्रचारप्रसार बढ्दै जाँदा यहाँ पुग्ने पर्यटकको संख्या क्रमश: वृद्धि भइरहेको विभिन्न पर्यटन विवरणले देखाउँछन्।

तस्बिर : सुशीलबाबु थकाली/रासस




भर्खरै