१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध

रुस–युक्रेन युद्ध थप चर्कियो, रुसद्वारा हजारभन्दा बढी ड्रोन नष्ट

रुस–युक्रेन युद्ध थप चर्कियो, रुसद्वारा हजारभन्दा बढी ड्रोन नष्ट
अ अ+ अ-

काठमाडाैँ । रुस र युक्रेनबीच जारी युद्धका क्रममा पछिल्लो २४ घण्टामा युक्रेनले ठूलो संख्यामा ड्रोन आक्रमण गरेको र तीमध्ये एक हजार ४५ वटा ड्रोन रुसी हवाई प्रतिरक्षा प्रणालीले खसालेको रुसी रक्षा मन्त्रालयले आइतबार जनाएको छ ।

यो युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो ड्रोन आक्रमणमध्ये एक मानिएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार, खसालिएका ड्रोनहरूसँगै एक ‘नेप्च्युन–एमडी’ निर्देशित मिसाइल र एक ‘फ्लेमिङ्गो’ क्रुज मिसाइल पनि नष्ट गरिएको छ । मन्त्रालयले रुसी सेनाले जवाफी कारबाहीस्वरूप युक्रेनका विभिन्न सैन्य लक्ष्यहरूमा आक्रमण गरेको जनाएको छ ।

आरआईए नोभोस्ती समाचार संस्थाले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै जनाएअनुसार, रुसी सेनाले ड्रोन निर्माण तथा भण्डारण केन्द्र, युक्रेनी सशस्त्र समूहहरूको अस्थायी तैनाथी स्थल र युक्रेनका पक्षमा लडिरहेका विदेशी भाडाका सैनिकहरूको अड्डालाई लक्षित गरी हमला गरेको थियो । यसअघि आइतबार बिहान रुसी रक्षा मन्त्रालयले रातभरिमा मात्रै ५५६ वटा युक्रेनी फिक्स्ड–विङ ड्रोन खसालिएको जानकारी दिएको थियो । ती ड्रोनहरू रुसका विभिन्न क्षेत्र हुँदै राजधानी मस्कोतर्फ लक्षित गरिएको बताइएको छ ।

मस्कोका मेयर सेर्गेई सोब्यानिनका अनुसार, पछिल्लो २४ घण्टामा राजधानी मस्को क्षेत्रमा मात्रै १२० भन्दा बढी ड्रोन खसालिएका छन् । रुसी सरकारी समाचार संस्था टासले यसलाई एक वर्षभन्दा बढी अवधिमा मस्कोमाथि गरिएको सबैभन्दा ठूलो ड्रोन आक्रमणको रूपमा वर्णन गरेको छ । यस घटनाले रुस–युक्रेन युद्ध थप तीव्र बन्दै गएको संकेत दिएको विश्लेषकहरूले बताएका छन् ।

पछिल्ला महिनाहरूमा दुवै पक्षले ड्रोन तथा मिसाइल प्रयोगमा उल्लेखनीय वृद्धि गरेका छन् । विशेषगरी, युक्रेनले रुसी सैन्य संरचना, इन्धन भण्डारण केन्द्र र राजधानी आसपासका क्षेत्रमा ड्रोन आक्रमणलाई तीव्र बनाएको देखिएको छ । यद्यपि, युक्रेनतर्फबाट यस घटनाबारे तत्काल कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । युद्धका कारण दुवै देशमा ठूलो मानवीय तथा भौतिक क्षति भइरहेको छ भने अन्तर्राष्ट्रिय समुदायले युद्ध रोक्न कूटनीतिक पहल बढाउन आग्रह गरिरहेको छ ।