२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रुसको गोलमा जर्मनी युरोकपमा छनोट



अ+ अ-

युरोकप फुटबलमा जर्मनी छनोट भएको छ । आईतबार राति भएको खेलमा जर्मनीले बेलारुसलाई ४–० गोल अन्तरले हराउँदै अर्को बर्षका लागि युरोकपमा छनोट भएको हो । जर्मनीको जितमा दुई गोल टोनी क्रुसले गरेका थिए । म्थायस गिन्टर र लियोन गोत्र्यकाले अरु दुई गोल गरेका हुन् ।गिन्टरले खेलको ४१ औ मिनेटमा जर्मनीलाई सुरुवाती अग्रता दिलाए ।

गोत्र्यकाले ४९ औ मिनेटमा जर्मनीको अग्रता दोब्बर बनाएका थिए । क्रुसले ५५ औ मिनेटमा जर्मनीलाई ३–० ले अगाडी बढाए । क्रुसले ८३ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई ४–० को जित दिलाए । समूह सीबाट १८ अंक सहित शीर्ष स्थानको जर्मनी युरोकपमा छनोट भयो ।

बेलारुस ४ अंक सहित तालिकाको चौथो स्थानमा रह्यो । नेदरल्याण्डलाई हराउन नसकेको नर्दन आयरल्याण्ड छनोटबाट बाहिरियो । डच टिम १६ अंक सहित दोस्रो स्थानमा रहँदै युरोकपमा छनोट हुने तय गर्यो ।