१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रुसको गोलमा जर्मनी युरोकपमा छनोट



अ+ अ-

युरोकप फुटबलमा जर्मनी छनोट भएको छ । आईतबार राति भएको खेलमा जर्मनीले बेलारुसलाई ४–० गोल अन्तरले हराउँदै अर्को बर्षका लागि युरोकपमा छनोट भएको हो । जर्मनीको जितमा दुई गोल टोनी क्रुसले गरेका थिए । म्थायस गिन्टर र लियोन गोत्र्यकाले अरु दुई गोल गरेका हुन् ।गिन्टरले खेलको ४१ औ मिनेटमा जर्मनीलाई सुरुवाती अग्रता दिलाए ।

गोत्र्यकाले ४९ औ मिनेटमा जर्मनीको अग्रता दोब्बर बनाएका थिए । क्रुसले ५५ औ मिनेटमा जर्मनीलाई ३–० ले अगाडी बढाए । क्रुसले ८३ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई ४–० को जित दिलाए । समूह सीबाट १८ अंक सहित शीर्ष स्थानको जर्मनी युरोकपमा छनोट भयो ।

बेलारुस ४ अंक सहित तालिकाको चौथो स्थानमा रह्यो । नेदरल्याण्डलाई हराउन नसकेको नर्दन आयरल्याण्ड छनोटबाट बाहिरियो । डच टिम १६ अंक सहित दोस्रो स्थानमा रहँदै युरोकपमा छनोट हुने तय गर्यो ।