२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी बजेट प्रगतिशील र नवीन हुने सांसद रहबर अन्सारीको विश्वास



अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले आगामी आर्थिक वर्षको बजेट प्रगतिशील र नवीन ढङ्गले आउने विश्वास व्यक्त गर्नुभएको छ ।

सोमवार आगामी आर्थिक वर्षको बजेट संसदमा प्रश्तुत भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अन्सारीले यस पटकको बजेटमा उद्यमशीलता र उद्योगसँग जोडिएका विषयहरूले प्राथमिकता पाउने बताउनुभएको हो ।

उहाँले विगत चार दशकदेखि मुलुकको विकास प्रक्रियामा रहेका विभिन्न व्यवधानहरूलाई यो बजेटले सम्बोधन गर्ने र रोकिएका गाँठा फुकाउने अवसर प्रदान गर्ने दाबी गर्नुभयो ।

सांसद अन्सारीले भन्नुभयो, ‘विगत ४० वर्षदेखि धेरै कुराहरू अड्किएका थिए, यसलाई खुकुलो पार्ने एउटा मौकाको रूपमा हामीले यस बजेटलाई लिएका छौँ । यो बजेट प्रगतिशील र नवीन ढङ्गले आउनेमा म विश्वस्त छु ।’

उहाँले यसपटकको बजेटले मुलुकलाई नयाँ दिशा दिने र विशेष गरी उद्योग तथा उद्यमशीलताको क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा समेत व्यक्त गर्नुभएको छ । –न्युज एजेन्सी नेपाल