११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध

सरकारले ‘एभरेज’ नीति तथा कार्यक्रम ल्यायो, बजेटले नवयुवामा निराशा पैदा हुने देखिन्छः पूर्वअर्थमन्त्री पुन

सरकारले ‘एभरेज’ नीति तथा कार्यक्रम ल्यायो, बजेटले नवयुवामा निराशा पैदा हुने देखिन्छः पूर्वअर्थमन्त्री पुन
अ अ+ अ-

काठमाडौँ। पूर्वअर्थमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले सरकारले ल्याएको नीति तथा कार्यक्रम औसत रहेको टिप्पणी गर्नुभएको छ ।

सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद पुनले विशाल जनमत प्राप्त सरकारले सबै क्षेत्रमा डिपार्चर गर्नेगरी आम नागरिकको अपेक्षा भएपनि त्यस्तो नआएको टिप्पणी गर्नुभएको हो ।

नीति तथा कार्यक्रम अनुसार बजेट आए नवयुवामा निराशा पैदा हुने उहाँको भनाइ छ । उहाँल नीति तथा कार्यक्रमका सन्दर्भमा सरकार तयारी साथ आएको नदेखिएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विशाल जनमत पाएको सरकारले सबै क्षेत्रमा डिपार्चर गर्नेगरी नीति तथा कार्यक्रम ल्याउँछ भन्ने जनअपेक्षा थियो । हामी माननीयहरुले समेत स्वभाविक रुपले ठुलो अपेक्षा जगाएर आएको दलले सरकार बनाइरहेको बेला जनअपेक्षाअनुसार अलि क्रमभंग गर्ने खालको नीति ल्याउँछ भन्ने थियो ।

सरकारले एभरेज नीति तथा कार्यक्रम ल्याएको छ । यसै खालको बजेट आयो भने नवयुवाहरुमा निराशा पैदा हुने देखिन्छ । सरकार तयारीसहित आएको देखिएन । यो पुरानै शैलीको निन्तरता हो ।’

उहाँले बजेट प्रश्तुत गर्दा सरकार तयारीसहित आउनुपर्नेमा उहाँको जोड छ ।–न्युज एजेन्सी नेपाल