११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध

‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ
अ अ+ अ-

बागलुङ। बागलुङको बागलुङ नगरपालिका–६ को पञ्चकोट जाने बाटैमा गङ्गाबहादुर थापाको फलफूल नर्सरी छ । उहाँ सधैँ नर्सरीमै बस्न भ्याइरहनु हुन्न । तर उहाँले नभ्याउँदा पनि आफैँले नियमित सिँचाइ भने गरिरहनुहुन्छ ।

यस्तो कसरी सम्भव भयो होला ? धेरैको मनमा यस्तै जिज्ञासा आउन सक्छ । तर यो प्रविधिको माध्यमबाट सम्भव भएको हो । पाँच रोपनी जमिन ३० हजार रुपैयाँ वार्षिक भाडा तिर्नेगरी लिएर गङ्गाबहादुरले ‘पञ्चकोट फलपूmल नर्सरी’ स्थापना गर्नुभएको हो ।

बीस लाख रुपैयाँ लगानी गरेर स्थापना गरिएको नर्सरीमा टाइफ्लेट नामक जङ्गली तीनपाते सुन्तलाको बिरुवाको जरामा स्थानीय खोकु जातको सुन्तलालाई कलमी गरेर विषम हावापानी सहने बिरुवा उत्पादन गरिरहनु भएको छ ।

बिरुवालाई कीरा र विभिन्न सङ्क्रमणबाट जोगाउन प्लाष्टिक टनेल र जाली लगाइएको छ । टनेलमा गण्डकी प्रदेशकै नमूना अटोमेसन प्रविधिको जडान गर्नुभएको उहाँले बताउनुभयो । सोही प्रविधिको माध्यमबाट उहाँले जुनकुनै स्थानमा बसेर टनेलमा सिँचाइ गर्दै आउनुभएको छ । सिँचाइको आवश्यकतापश्चात् इन्टरनेटको माध्यमबाट मोबाइलबाटै अटोमेसन प्रविधि सञ्चालन गर्न सकिनेछ ।

बिरुवाको आवश्यकताका आधारमा आफू बागलुङ, म्याग्दी र जहाँ भए पनि अटोमेसन प्रविधिले विद्युत् र इन्टरनेटसँगै मोबाइलको सहायताले सिँचाइ गर्न सक्ने उहाँले बताउनुभयो । इन्टरनेट र विद्युत्मा समस्या भए धारोबाट थोपा सिँचाइ प्रविधिबाट सिञ्चित गर्ने गरेको उहाँको भनाइ छ । “सिँचाइको आवश्यकता भएपछि मोबाइलमा अटोमेसन प्रविधिबाट अनुमति दिएपछि टनेलमा रहेको प्रविधि सक्रिय हुन्छ, टनेलमाथिबाट आकाशबाट पानी परेजस्तै गरी सिँचाइ हुन्छ”, थापाले भन्नुभयो, “प्रविधिको प्रयोगले आफू जहाँ भए पनि सिँचाइ गर्न सकिन्छ ।”

उक्त प्रविधिका सञ्चालनका लागि टनेलभित्र विद्युत् र इन्टरनेटको सुविधा भने उपलब्ध भइराख्नुपर्ने हुन्छ । गङ्गाबहादुरले यही स्थानमा फलपूmलका बिरुवासँगै गोलभेँडा, खुर्सानी र अन्य तरकारी पनि लगाउनुभएको छ । पाँचवटा हाइटेक टनेलमा विभिन्न मौसमी र बेमौसमी तरकारीखेती गर्नुभएको छ ।

गङ्गाबहादुरको नर्सरी व्यवस्थापनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङले पनि सघाएको छ । नर्सरी व्यवस्थापनका लागि चार लाख रुपैयाँ परियोजनाले प्रदान गरेको छ । जिल्लाकै उदाहरणीय फार्मलाई थप व्यवस्थापनका लागि परियोजनाले सहयोग गरेको परियोजनाका प्रमुख नारायण पौडेलले बताउनुभयो ।

त्यसो त गङ्गाबहादुरको स्थायी ठेगाना जैमिनी नगरपालिका–९ पैयुँथन्थाप हो । उहाँ पहिलोपटक गौडाकोट आउँदा रुखो रातो माटो, हिउँदमा धुलाम्य, बर्खामा चिप्लो बाटो थियो । उहाँ जैमिनी छाडेर तरकारीखेती गर्न बागलुङ नगरपालिका छिरेको २० वर्ष भयो । उहाँले गौडाकोटलाई कृषिगाउँका रूपमा चिनाएर अन्य स्थानमा समेत कृषिका काम थाल्नुभएको छ ।

उहाँले कृषिमा आधुनिक प्रविधिसमेत भित्र्याएर अरुका लागि प्रेरणासमेत बन्नुभएको छ । तरकारीखेती गरेर वार्षिक २० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने जिल्लाको अगुवा कृषकका रुपमा उहाँ हुनुहुन्छ ।

बागलुङमा तरकारी र म्याग्दीको भकिम्लीमा १०० रोपनी जमिनमा त्यहाँका स्थानीयसँगको सहकार्यमा सामूहिक किवीखेती फार्म विस्तार गर्नुभएका गङ्गाबहादुरले पछिल्लो समय बागलुङ जिल्लामै नमूना प्रविधिसहितको सुन्तलाको नर्सरी स्थापना गर्नुभएको हो ।

गङ्गाबहादुरको नर्सरी जिल्लामामात्र नभएर देशभरकै किसानलाई समेत सिकाइ केन्द्र बनेको कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले बताउनुभयो ।

धार्मिक पर्यटकको आकर्षण बढिरहेको पञ्चकोटमा गङ्गाबहादुरको नर्सरी र नवीनतम् सोचले कृषि पर्यटकको नजरसमेत कृषिमा पर्न थालेको छ । रासस