३१ श्रावण २०८३, आईतवार
,
Latest
अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सन मधेसको सुझाव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट दुरुपयोग होइन, कार्यान्वयन गर्नुस्ः मुख्यमन्त्री कँडेल



अ+ अ-

कर्णाली।  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी स्रोतबाट आएको बजेटको प्रभावकारी कार्यान्वयन गर्न सुझाउनुभएको छ ।

सुर्खेतको बराहताल गाउँपालिका–८ को नवनिर्मित वडा कार्यालयको आज उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले सङ्घ, प्रदेश र स्थानीय तहबाट प्राप्त बजेटलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न वडा तहको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले सरकारी स्रोतबाट आएको बजेट सबै नागरिकले आफ्नो सम्पत्ति सम्झेर संरक्षण र सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

“जनप्रतिनिधि र कर्मचारीको काम राम्रो भए जनताले विश्वास गर्छन्,” मुख्यमन्त्री कँडेलले भन्नुभयो, “हामी सार्वजनिक पद धारण गरेकाहरुले जनतालाई विश्वास दिलाउन सक्ने गरी काम गर्नुपर्छ ।”

विकास निर्माणका योजना पारदर्शी र परिणाममुखी ढङ्गले अघि बढाउन जनप्रतिनिधि तथा स्थानीय समुदायको सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो । सूचना र प्रविधिको पहुँच व्यापक बनेको अवस्थामा कसैले बहाना एवं ढाँट्न नपाउने र देशभरका गतिविधि मोबाइलमार्फत सहजै थाहा पाउन सकिने भन्दै मुख्यमन्त्री कँडेलले जनताले सरकारका कामलाई नजिकबाट नियालिरहेकाले विकासका काम उनीहरुमाझ स्पष्ट पार्नुपर्ने धारणा राख्नुभयो ।

मुख्यमन्त्री कँडेलले भन्नुभयो, “आफ्नो ठाउँको विकास आफैँले गर्ने हो । समय बिताउने कि सम्झनलायक काम गर्ने भन्ने कुरा अब हामीले तय गर्नुपर्छ ।

राम्रो काम गर्नेलाई जनताले आफैँ नेतृत्वमा ल्याउँछन् । यसमा जनप्रतिनिधिहरुले जिम्मेवार र जनमुखी कार्यशैली अपनाएर काम गर्नुपर्छ । विकासलाई साझा अभियानका साथ अगाडि बढाउन सबै पक्ष एकजुट हुुनुपर्छ ।” रासस




भर्खरै