११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध

‘बजेटमा बालबालिकालाई प्राथमिकता दिन पहल गरिने’

‘बजेटमा बालबालिकालाई प्राथमिकता दिन पहल गरिने’
अ अ+ अ-

काठमाडौँ।  प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले आगामी आर्थिक वर्ष २०८३÷८४ को सरकारको नीति तथा कार्यक्रम र बजेटमा बालबालिकाको अधिकारको मुद्दा समावेश गर्न सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सामाजिक सुरक्षा नागरिक समाज सञ्जालले यहाँ आज आयोजना गरेको ‘सामाजिक सुरक्षा र बाल अनुदान’ विषयक अन्तरक्रियामा सांसदहरुले सरकारले सामाजिक सुरक्षाअन्तर्गत प्रदान गर्दै आएको ‘बाल पोषण भत्ता’ रु ५३२ लाई वृद्धि गरी अहिलेको समय सान्दर्भिक बनाउन सरकारसँग अनुरोध गर्ने प्रतिबद्धता गरेका हुन् । सो पोषण भत्तालाई ७७ जिल्लामा पु¥याउनका लागि पनि पहल गर्ने उहाँहरुले उल्लेख गर्नुभयो ।

सञ्जालका अनुसार सो पोषण भत्ता ४५ जिल्लामा मात्रै पुगेको छ । प्रतिनिधिसभा सदस्य विष्णुमाया विश्वकर्माले समग्रमा सबै बालबालिकालाई पोषणा पत्ता वितरण गर्नेभन्दा पनि आवश्यकताका आधारमा अहिलेको रकमलाई बढाएर गरिब, दलित र पिछडिएको समुदायलाई दिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल जनसाङ्ख्यिकी तथा स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार अझै पनि २५ प्रतिशत बालबालिकामा पुड्कोपन र १९ प्रतिशत कम तौल भएका छन् । त्यसैगरी, ४३ प्रतिशत बालबालिका रक्त अल्पताको समस्यामा परेका छन् ।

राष्ट्रियसभा सदस्य भुवन सुनारले बालबालिकाको पोषण भत्ता र विद्यालय जाने विद्यार्थीको दिवा खाजालगायत उनीहरुको समग्र समस्याका बारेमा स्थानीय सरकार बढी जिम्मेवार हुनुपर्ने बताउनुभयो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार सरकारले बाल पोषण भत्ता, एकल महिला भत्ता, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, जनता आवास, स्वास्थ्य बिमा, सामाजिक सुरक्षा कोषलगायत ८७ भन्दा बढी शीर्षकमा समाजिक सुरक्षा भत्ता दिइरहेको छ भने सामाजिक सुरक्षा भत्ताबाट ३६ लाख ६९ हजार जनाले सुविधा पाइरहेका छन् ।

सरकारले आर्थिक वर्ष २०६६÷६७ देखि कर्णालीका पाँच जिल्लाबाट सुरु गरेको बाल पोषण भत्ता हाल हुम्ला, जुम्ला, डोल्पा, कालीकोटलगायत हिमाली र पहाडी गरी ४५ जिल्लामा पूर्ण रूपमा तथा देशभर दलित बालबालिकालाई मात्र रु ५३२ प्रदान गर्दै आएको छ ।

सञ्जालका अध्यक्ष गोपाल थापा मगरले बालबालिकाको संवैधानिक अधिकारलाई व्यावहारिक कार्यान्वयन गर्न सरकारले आवश्यकताका आधारमा सबै बालबालिकालाई भत्ता दिनुपर्नेमा जोड दिनुभयो । प्रतिनिधीसभा सदस्य परशुराम तामाङले सरकारले बालबालिकालाई पोषण भत्ताको आवश्यकता नै नपर्ने योजना ल्याउनुपर्ने बताउनुभयो ।  रासस