११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध

डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी

डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी
अ अ+ अ-

लन्डन। सन् २०१८ मा रेकर्ड सुरु भएयता दुई लाखभन्दा बढी आप्रवासीहरू साना डुङ्गामा बेलायतको तटमा आइपुगेका हालै सार्वजनिक पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ।

स्थानीय चुनावमा आप्रवासन लगायतका राष्ट्रिय मुद्दाहरूको प्रभुत्व बढेपछि यो गणना सुरू भएको बिहीबार आप्रवासन विरोधी पार्टी रिफर्म यूकेले जनाएको छ।

शनिबार प्रकाशित आन्तरिक प्रशासन कार्यालयको तथ्याङ्कले शुक्रबार एउटा डुङ्गामा ७० जना आइपुगेको देखाएको छ।

बेलायत पुग्ने आशा राखेका आप्रवासीहरूका लागि उत्तरी फ्रान्सेली तटबाट बेलायत प्रस्थान हुने गर्छ र सामान्यतया कमजोर र खचाखच भरिएको डुङ्गामा हुने यस्ता यात्राले मानवीय जीवनलाई जोखिममा पार्ने गरेको छ ।

शुक्रबार च्यानल पार गरी आएका आप्रवासीको सङ्ख्यासँगै हालको तथ्याङ्क सङ्कलन गर्न सुरु भएदेखि अहिलेसम्म कुल दुई लाख १३ जनाको आगमन भएको छ ।

सन् २०१८ देखि सन् २०२५ सम्मको सरकारको आधिकारिक तथ्याङ्क र यस वर्षको अहिलेसम्मको अस्थायी तथ्याङ्क प्रयोग गरेर यो तथ्याङ्क गणना गरिएको हो ।
लेबर पार्टीका प्रधानमन्त्री केइर स्टार्मरले यस मुद्दालाई लिएर बढ्दो दबाबको सामना गरिरहनुभएको छ।

उहाँका गृहमन्त्री शबाना महमुदले शरणार्थीहरूको सुरक्षामा कटौती गर्ने र शरण खोज्नेहरूको लागि स्वचालित सुविधाहरू अन्त्य गर्ने प्रस्ताव गर्नुभएको छ।

फ्रान्सेली र बेलायती स्रोतहरूको आधारमा एएफपीको तथ्याङ्कअनुसार सन् २०२५ मा समुद्रमा यात्रा गर्ने क्रममा कम्तिमा २९ आप्रवासीको मृत्यु भएको छ। यस वर्ष थप छ जनाको मृत्यु भएको छ।

बेलायत र फ्रान्सले गत महिना कागजात नभएका आप्रवासीहरूलाई जोखिमपूर्ण यात्रा रोक्ने प्रयासमा नयाँ तीन वर्षको सम्झौतामा सहमति जनाएका थिए । फ्रान्सले कानून प्रवर्तन बढाउने प्रतिबद्धता व्यक्त गरेको थियो र बेलायतले यस प्रयासलाई आर्थिक सहयोग गर्न करोडौँ युरो दिने वाचा गरेको थियो।

गत वर्ष ४१ हजार ४७२ आप्रवासी उत्तरी फ्रान्सबाट बेलायतको दक्षिणी तटमा पुगेका थिए ।

सन् २०२२ मा कन्जरभेटिभ पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री ऋषि सुनकको नेतृत्वकालमा ४५ हजार ७७४ आगमनको रेकर्ड गरिएको छ । उहाँले आफू सत्तामा हुँदा आप्रवासीका ‘डुङ्गा प्रवेशलाई रोक्ने’ वाचा गर्नुभएको थियो ।

आफ्नै ‘गिरोहहरू तोड्नुहोस्’ भन्ने नारालाई अवलम्बन गर्दै स्टार्मरले समुद्र पारमा चलिरहेका मानव तस्करी नेटवर्कहरू भत्काएर समस्याको समाधान गर्ने प्रतिज्ञा गर्नुभएको थियो । उहाँले अहिलेसम्म उहाँका पूर्ववर्तीहरूले भन्दा बढी सफलता पाउनुभएको छैन । रासस