११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध

मेलाले कृषि उपज बजारीकरण गर्न सहज

मेलाले कृषि उपज बजारीकरण गर्न सहज
अ अ+ अ-

काभ्रेपलाञ्चोक। पाँचखाल नगरपालिकाले ‘कृषि–सहर’को नारालाई सार्थकता दिन कृषि उपजको प्रवर्द्धन गर्ने उद्देश्यले दुईदिने कृषि मेलाको आयोजना गरेको छ ।

नगर कार्यालयले लवग्रिन नेपालसँगको सहकार्यमा आयोजना गरेको सो मेलामा करिब २० हजारले अवलोकन गरेको बताइएको छ ।

नगरले लवग्रिनसँग समन्वय गरी आयोजित मेलामा कृषि क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्य छ । उक्त मेलामा आइपीएम प्रविधिबाट उत्पादन भएका कृषि उपजको प्रदर्शनी तथा बिक्री, बाली शिविर सञ्चालन, कृषि उपजको प्रतिस्पर्धात्मक कार्यक्रमसेमत सञ्चालन गरिएको थियो । मेलाको नगरप्रमुख महेश खरेलले शुक्रबार उद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा नगरप्रमुख खरेलले पाँचखाल नगर कृषि सहर भएकाले यहाँको तरकारीमा न्यून विषादीमा रहेको तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “पाँचखालको तरकारीमा अत्यधिक विषादी भएको भनेर हल्ला चलाइए पनि केही वर्षदेखि पाँचखालको तरकारी सेमी आग्र्यानिक भएको छ, विषादीको भ्रम चिर्न हामीले अग्र्यानिकमा जोडबल गरिरहेका छौँ ।”

उहाँले लवग्रिन नेपालसँगको सहकार्यमा पाँचखालमा एक हजार २०० भन्दा बढी किसानलाई एकीकृत शत्रु जीव व्यवस्थापन (आइपिएम) पद्धतिबाट तरकारीखेती गर्न तालिम प्रदान गरिएको र उक्त प्रविधिमार्फत तरकारी अग्र्यानिकतर्फ गएको बताउनुभयो ।

पाँचखालमा किसानकै अगुवाइमा साप्ताहिक कृषि हाटबजार सुरु गर्न आग्रह गरिरहेका छन् । “किसानको मागलाई सम्बोधन गर्न नगरपालिका तयार छ”, नगरप्रमुख खरेलले भन्नुभयो ।

लवग्रिन नेपालले विगत नौ वर्षदेखि किसानलाई आइपिएमसम्बन्धी तालिम दिँदै आएको छ । उसले तालिममार्फत स्वस्थ तथा सुरक्षित कृषि उत्पादनलाई प्रोत्साहन गर्दै मानव स्वास्थ्य संरक्षण, उत्पादन वृद्धि र किसानको आम्दानी अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको संस्थाका कार्यकारी निर्देशक नारायण ज्ञवालीले बताउनुभयो ।

कृषि मेलमा बाली शिविर सञ्चालन, रैथाने उत्पादनको प्रदर्शनी तथा बिक्री, कृषि उपजको प्रतिस्पर्धात्मक कार्यक्रम, कृषक र कृषक समूहसँग प्रत्यक्ष संवाद, आइपिएम पद्धतिद्धारा उत्पादित कृषि उपजको प्रदर्शनी तथा बिक्री एवं पाँचखालमा उत्पादित आलुलगायत अन्य उपजको परिकारलगायत प्रदर्शनी–बिक्रीमा राखिएको छ । रासस