२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैभन्दा राम्रो उपहार यहाँका खेलाडी, नयाँ खेलाडी आवश्यक छैन: मोरिन्हो



अ+ अ-

इन्ग्लिश क्लब टोटेनहमका नवनियुक्त मुख्य प्रशिक्षक जोसे मोरिन्होले क्लबका नयाँ खेलाडीको आवश्यकता नरहेको बताएका छन् । क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मोरिन्होले टिममा नयाँ खेलाडीको आवश्यकता नरहेको बताएका हुन् । मोरिन्होले भने, ‘सबैभन्दा राम्रो उपहार यहाँका खेलाडी हुन् । मलाई नयाँ खेलाडीहरु चाहिदैन । म उनीहरुलाई अझ राम्ररी बुझ्न चाहन्छु।’

जनवरीको विन्डो ट्रान्सफरमा टोटेनहमले नयाँ खेलाडी अनुबन्ध गर्ने आँकलन गरिएको थियो । तर, मोरिन्होले नयाँ खेलाडी अनुबन्ध नगर्ने बताए । मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोलाई मंगलबार बर्खास्त गर्दै टोटेनहमले मोरिन्होलाई प्रशिक्षक नियुक्त गरेको हो ।

चेल्सी र म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक समेत रहेका मोरिन्होले टोटेनहमसँग सन् २०२३ सम्मको लागि सम्झौता गरेका छन् ।