२ भाद्र २०८३, मंगलवार
,
Latest
दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति ट्रम्पद्धारा अफगान राष्ट्रपतिलाई अमेरिका भ्रमणको निमन्त्रणा



अ+ अ-

अमेरिकी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना अफगान समकक्षी राष्ट्रपति मोहम्मद असरफ घानीलाई अमेरिका भ्रमणको निम्तो दिनुभएको छ ।
सो भ्रमणको निमन्त्रणा अफगान राष्ट्रपति घानीले स्वीकार पनि गर्नुभएको बताइएको छ । अफगान राष्ट्रपतिको कार्यालयले शुक्रबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ ।
उक्त विज्ञप्तिकाअनुुसार अफगान राष्ट्रपति घानीलाई अमेरिकी राष्ट्रपति ट्रम्पले आमन्त्रण गर्नुभएकोमा सो आमन्त्रण स्वीकार गर्नुभएको बताइएको छ ।

हाल अफगान राष्ट्रपति घानी संयुक्त अरब इमिरेट्सको भ्रमणमा रहनुभएको छ । त्यस क्रममा भएको अमेरिकी राष्ट्रपति ट्रम्प र अफगान राष्ट्रपति घानीबीचको फोनवार्तामा राष्ट्रपति ट्रम्पले आमन्त्रण गर्नुभएको थियो ।

उहाँहरुबीच शुक्रबार बिहान फोनवार्ता भएको र त्यसैक्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना अफगान समकक्षीलाई अमेरिका भ्रमणमा आउन आमन्त्रण गर्नुभएको उक्त विज्ञप्तिमा जनाइएको छ ।
त्यसक्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले दुई जना अमेरिकी प्रध्यापकलाई अफगानिस्तानबाट मुक्त गरिदिएकोमा अफगान राष्ट्रपतिलाई धन्यवाद दिनुभएको थियो ।

त्यस क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा रहेका इस्लामिक स्टेट्सका लडाकूहरुलाई अफगान सुरक्षाफौजले परास्त गर्ने काम गरेकोमा प्रसंशा पनि गर्नुभएको थियो ।
गएका केही महिना यताको अवस्था हेर्दा अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा ठूलो संख्यामा इस्लामिक स्टेट्सका लडाकूहरुलाई यहाँको सुरक्षाफौजले लखेटेको छ ।

केही हप्ता यता यस प्रान्तमा रहेका इस्लामिक स्टेट्सका लडाकूहरु र तिनको परिवारका सदस्यहरु समेत गरी करिब ६०० जनाले सुरक्षा फौजसमक्ष आत्मसमर्पण गरेका छन् ।
यो कार्यको अमेरिकी राष्ट्रपति ट्रम्पले प्रशंसा गर्नुभएको बताइएको छ । सो टेलिफोन वार्ताका क्रममा अफगानिस्तानको हालको शान्ति सुरक्षाको अवस्थाका बारेमा पनि कुराकानी भएको बताइएको छ ।

विज्ञप्तिकाअनुसार अफगानिस्तानमा जारी तालिबानहरुको हिंसा र यसको नियन्त्रणका लागि जारी सैन्य गतिविधिहरुका साथ यहाँ कार्यरत अमेरिकी सेनाको विषययमा पनि सो टेलिफोन वार्तामा कुराकानी भएको थियो ।