प्रिमियर लिग फुटबलमा न्युक्यासल एस्टन भिल्लासंग हारेको छ । आईतबार राति भएको खेलमा न्युक्यासललाई २–० ले एस्टन भिल्लाले हराएको हो । एस्टनले दुवै गोल पहिलो हाफमै गररेका थिए । कोनोर होहरिनले फ्रिकिक मार्फत खेलको ३२ औ मिनेटमा घरेलु टोली एस्टनलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसको चार मिनेटपछि अनवर एल गाजीले एस्टनको अग्रता दोब्बर पारेका थिए । रेलिगेशन जोन भन्दा दुई स्थान माथि रहेको एस्टन भिल्लाले १३ खेलबाट १४ अंक जोडेको छ । न्युक्यासल १५ अंक सहित १४ औं स्थानमा छ ।