काठमाडौं । १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज (बुधबार) भलिबलका खेल सुरु हुदैछ । खेल दिउँसो ३ बजे हुनेछ । नेपालको पुरुष र महिला टिमले आजै समूह चरणको आफ्नो पहिलो खेल बंगलादेशविरुद्व खेल्दैछन् । प्रतियोगिताको औपचारिक उद्घाटन अगाडीनै महिला र पुरुष भलिबल आज सुरु हुन लागेको हो ।
उद्घाटन खेलमा बंगलादेशसंग महिला भलिबल टिमले प्रतिस्पर्धा गर्ने भएको हो । नेपाली टिम सागमा स्वर्ण जित्ने लक्ष्यमा रहेका छन् । सागको महिला भलिबलमा नेपाल सूमह एमा छ र नेपाल रहेको समूहमा भारत र बंगलादेश पनि अटाएका छन् । भारत स्वर्णको दाबेदार हो । बंगलादेश भने तुलनात्मक रुपमा नेपालभन्दा कमजोर टिम हो ।
बंगलादेशको कमजारीलाई हराएर नेपाली टिमले सुखद सुरुवात गर्ने अपेक्षा गरेको छ । यसैगरी आजै नै अर्कातिर पुरुष टिमले समेत बंगलादेशसंग खेल्ने तय भएके छ । खेल साँझ ७ बजे सुरु हुने बताईएको छ । महिला टिम झै पुरुष भलिबल टिम समेत बंगलादेश र भारत रहेको समूहमा छ । अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न पुरुष टिमलाई जित निकाल्न आवश्यक छ ।
सागको पुर्व अभ्यासका लागि भारतमा रहदाँ नेपाली टिम भारतको राष्ट्रिय टिमसंग सबै मैत्रीपूर्ण खेलमा पराजित बनेको थियो । सोही कारण भारत सहित नकआउट चरणमा प्रवेश गर्न नेपाललाई बंगलादेशविरुद्व जित निकाल्नै पर्ने दबाब छ । खेल त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा हुनेछ ।