२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज साग भलिबलमा बंगलादेश विरुद्ध नेपाल मैदानमा उत्रदै



अ+ अ-

काठमाडौं । १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज (बुधबार) भलिबलका खेल सुरु हुदैछ । खेल दिउँसो ३ बजे हुनेछ । नेपालको पुरुष र महिला टिमले आजै समूह चरणको आफ्नो पहिलो खेल बंगलादेशविरुद्व खेल्दैछन् । प्रतियोगिताको औपचारिक उद्घाटन अगाडीनै महिला र पुरुष भलिबल आज सुरु हुन लागेको हो ।

उद्घाटन खेलमा बंगलादेशसंग महिला भलिबल टिमले प्रतिस्पर्धा गर्ने भएको हो । नेपाली टिम सागमा स्वर्ण जित्ने लक्ष्यमा रहेका छन् । सागको महिला भलिबलमा नेपाल सूमह एमा छ र नेपाल रहेको समूहमा भारत र बंगलादेश पनि अटाएका छन् । भारत स्वर्णको दाबेदार हो । बंगलादेश भने तुलनात्मक रुपमा नेपालभन्दा कमजोर टिम हो ।

बंगलादेशको कमजारीलाई हराएर नेपाली टिमले सुखद सुरुवात गर्ने अपेक्षा गरेको छ । यसैगरी आजै नै अर्कातिर पुरुष टिमले समेत बंगलादेशसंग खेल्ने तय भएके छ । खेल साँझ ७ बजे सुरु हुने बताईएको छ । महिला टिम झै पुरुष भलिबल टिम समेत बंगलादेश र भारत रहेको समूहमा छ । अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न पुरुष टिमलाई जित निकाल्न आवश्यक छ ।

सागको पुर्व अभ्यासका लागि भारतमा रहदाँ नेपाली टिम भारतको राष्ट्रिय टिमसंग सबै मैत्रीपूर्ण खेलमा पराजित बनेको थियो । सोही कारण भारत सहित नकआउट चरणमा प्रवेश गर्न नेपाललाई बंगलादेशविरुद्व जित निकाल्नै पर्ने दबाब छ । खेल त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा हुनेछ ।