२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज महिला भलिबलमा नेपालसंग भिड्दै भारत



अ+ अ-

काठमाडौं । १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको महिला भलिबल खेलमा नेपालले आज (बिहिबार) दोस्रो खेल भारतविरुद्ध खेल्दैछ । आज समूह चरणको दोस्रो खेलमा नेपालले बलियो टिम भारतसंग खेल्न लागेको हो । नेपालले पहिलो खेल बंगलादेशविरुद्ध खेलसकेको छ भने भारतको आजको पहिलो खेल हो । पहिलो खेलमा नेपालले बंगलादेशलाई हराएको थियो ।

सेमिफाईनल नजिक पुगेको नेपाली महिला टिमको आजको खेल निकै संघर्षपुर्ण रहनेछ । नेपालले महिला भलिबलमा अबको बलियो टिम भारतलाई हराउँदै स्वर्ण जित्ने लक्ष्य राखेको छ । यसअघि दुवै टोली नेपालमै भएको दक्षिण एसियाली महिला भलिबल प्रतियोगितामा भिडेका थिए ।
सो खेलमा भारतले नेपाललाई सहजै हराउँदै उपाधि जितेको थियो ।

दक्षिण एसियामा भारत र माल्दिभ्स महिला भलिबलमा राम्रा टिम मानिन्छन् । सोही कारण नेपालले साग क्षेत्रमा सधै कास्यमै चित्त बुझाउनु पर्दै आएको छ । खेल त्रिपुरेश्वरस्थित कभर्डहलमा दिउँसो ३ बजे सुरु हुनेछ ।