२४ भाद्र २०८३, बुधबार
,
Latest
माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’ प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ मौज्दात रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’ हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्य नेपाल एनपिजिए म्याच प्ले सुरू: भुवन र निरज क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौं:  सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सातौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच प्लेको पहिलो चरणको खेल सकिएको छ।

लगातार तीन प्रतियोगिता जितेका भुवन नगरकोटीसँगै, निरज तामाङ, रामे मगर, सञ्जय लामा, जयराम श्रेष्ठ, रवि खड्का, दिनेश प्रजापति र टंक बहादुर कार्की क्वाटर फाइनलमा प्रवेश गरेका छन्।

रोयल नेपाल गल्फ क्लबमा आज दोस्रो सिडेड भुवनले सबैभन्दा सहज जित निकाले। उनले पन्ध्रौँ सिडेड कृष्णमान राजबाहकलाई ७/६ ले हराए। १२ औं होलमा जित हात पारेका भुवनले क्वाटरफाइनलमा टंक बहादुर कार्कीलाई प्रतिद्वन्द्वीको रूपमा भेट्टाएका छन्।

दशौं  सिडेड टंकले सातौं सिडेड धनलाई २/० ले हराए। यी दुई बीच कडा प्रतिस्पर्धा चल्दा टंकले १८ औं होलमा जित निकाले।

नेपाल नम्बर एक गल्फर निरजले सोर्हौं सिडेड सूर्य प्रसाद शर्मालाई ३/२ ले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरे। १६ औं होलमा जित निकालेका निरजले क्वाटर फाइनलमा भेट्रान गल्फर रामे मगरसँग खेल्नेछन्। नवौं सिडेड रामेले आठौं सिडेड भुवन कुमार रोक्कालाई १/० ले हराए।

तेस्रो सिडेड दिनेश प्रजापतिले चौधौं सिडेड बलभद्र राईलाई सहजै ६/४ ले माथ दिए। दिनेशले क्वाटर फाइनलमा रवि खड्कासँग खेल्नेछन्। छैटौं सिडेड रविले ११ औं सिडेड दीपक मगरलाई ४/२ ले हराए।

चौथो सिडेड सञ्जयले तेर्हौ वरियताका रमेश अधिकारीलाई ३/२ ले पराजित गरे। सञ्जयले भोलि सेमिफाइनल प्रवेशका लागि जयराम श्रेष्ठसँग खेल्नेछन्। जयराम वाक ओभर पाएर अन्तिम आठमा पुगे। बार्हौं वरियताका प्रदीप लामा अनुपस्थित भएपछि जयरामले वाइ पाएका हुन्।

तीन दिने प्रतियोगितामा सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अर्डर अफ मेरिटका शीर्ष १६ मा रहेका खेलाडीहरूले प्रतिस्पर्धा गरेका छन्। प्रतियोगिताको कुल पुरस्कार राशी ४ लाख २५ हजार रहेको छ। विजेताले १ लाख प्राप्त गर्नेछ। दोस्रो,तेस्रो र चौथो हुने खेलाडीहरूले क्रमश ७५ हजार, ५६ हजार र ४२ हजार प्राप्त गर्नेछन्।

यस्तै क्वार्टरफाइनल पुग्ने चार खेलाडीहरूले जनही १८ हजार तथा पहिलो चरणबाट बाहिरिने खेलाडीहरूले जनही १० हजार प्राप्त गर्नेछन्।