२४ भाद्र २०८३, बुधबार
,
Latest
जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’ जेनजी पुस्तासँग भएका सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग सुनसरीमा सडक दुर्घटनामा दुईको मृत्यु ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप बाढी पीडित उद्योगी व्यवसायीको आस: संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ विपद्पछिको स्वास्थ्य व्यवस्थापनमा दीर्घकालीन तयारी र प्रतिकार्य प्रणाली बलियो बनाउनुपर्नेमा जोड माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’



अ+ अ-

काठमाडौं । सरकारले हेलिकप्टरमार्फत बाढी प्रभावित जनतालाई नुन–तेल, खाद्यान्न, औषधिलगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी उद्धारसँगै राहत वितरणलाई प्राथमिकता दिएको छ ।

बाढीपछि सडकमार्ग विच्छेद भएका हाकु, गत्लाङलगायतका गाउँबस्तीमा आज पनि दुईवटा हेलिकप्टरमार्फत अत्यावश्यक सामग्री ढुवानी भइरहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दु्रवप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाली सेनाको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरी सम्मिलित सुरक्षाकर्मीको टोली उद्धार तथा राहत वितरणमा संलग्न सबै पक्षसँग समन्वय र सहकार्य गर्दै उद्धारसहित राहत वितरणमा अहोरात्र खटिएको छ ।

सङ्घीय सरकारको सहयोगमा बाढी प्रभावित गोसाइँकुण्ड गाउँपालिकाको केन्द्र स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमा तुइन जडान गर्ने काम अघि बढेको छ ।

उद्धारकार्यमा कठिन देखिएको चिलिमे जलविद्युत् केन्द्रको टनेलभित्रको बाटो खुलाउन नेपाल विद्युत् प्राधिकरणका प्राविधिकको सहयोग लिई नेपाली सेना नेतृत्वको टोलीले अहिले पनि युद्धस्तरमा सक्रिय भएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।

यसैगरी, काठमाडौँ–स्वयम्भूस्थित ‘छाउनी गुम्बा’का तर्फबाट उत्तरी रसुवाका ठूलो स्याफ्रु, ब्रिदिम, थाम्जिङ, शेर्पागाउँका बासिन्दालाई लक्षित गरी ठूला ४२ र साना ११० गरी १५२ वटा सोलर प्राप्त भएको स्थानीयवासी उमेश तामाङले जानकारी दिनुभयो ।

त्यस्तै, राहत वितरणका क्रममा रसुवा–नुवाकोट पर्यटन समाजका तर्फबाट दक्षिण रसुवास्थित राम्चे, धइबुङ, जिबजिबे क्षेत्रका पीडितका लागि ३५ वटा जेनेरेटर प्रदान गरिएको अध्यक्ष बलराम न्यौपानेले बताउनुभयो ।