२४ भाद्र २०८३, बुधबार
,
Latest
जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’ जेनजी पुस्तासँग भएका सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग सुनसरीमा सडक दुर्घटनामा दुईको मृत्यु ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप बाढी पीडित उद्योगी व्यवसायीको आस: संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ विपद्पछिको स्वास्थ्य व्यवस्थापनमा दीर्घकालीन तयारी र प्रतिकार्य प्रणाली बलियो बनाउनुपर्नेमा जोड माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने



अ+ अ-

काठमाडौं । जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी तथा मृत्यु बढ्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले झापा जिल्ला र कैलालीका तीन स्थानीय तहमा जेई विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। कैलालीमा असोज १ गतेदेखि र झापामा असोज ५ गतेदेखि अभियान सञ्चालन गरिने भएको हो।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार जेई संक्रमणको जोखिमलाई ध्यानमा राख्दै पहिलो चरणमा यी क्षेत्रमा खोप अभियान सञ्चालन गर्न लागिएको हो।

पहिलो चरणअन्तर्गत झापा जिल्लाका सबै स्थानीय तह तथा कैलालीका धनगढी उपमहानगरपालिका, लम्किचुहा नगरपालिका र घोडाघोडी नगरपालिकामा खोप अभियान सञ्चालन हुनेछ। अभियानमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्तिलाई जेई विरुद्धको खोप लगाइने जनाइएको छ।

अभियानका लागि आवश्यक जेई खोप काठमाडौंस्थित केन्द्रिय खोप भण्डारण केन्द्रबाट सम्बन्धित जिल्लामा पठाउने तयारी भइरहेको छ। खोप उपलब्ध भएपछि स्थानीय तह र स्वास्थ्य संस्थामार्फत अभियान सञ्चालन गरिनेछ।