२४ भाद्र २०८३, बुधबार
,
Latest
जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’ जेनजी पुस्तासँग भएका सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग सुनसरीमा सडक दुर्घटनामा दुईको मृत्यु ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप बाढी पीडित उद्योगी व्यवसायीको आस: संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ विपद्पछिको स्वास्थ्य व्यवस्थापनमा दीर्घकालीन तयारी र प्रतिकार्य प्रणाली बलियो बनाउनुपर्नेमा जोड माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’
तपाईं के खोज्दै हुनुहुन्छ ?

माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम



अ+ अ-

काठमाडौं । बागलुङका उत्पादनयोग्य माटोमा अम्लीयपन बढ्दै गएको पाइएको छ । कृषि विकास कार्यालय, बागलुङले परीक्षण गरेका ३२० माटोका नमूनामध्ये अधिकांशमा अम्लीयपना देखिएको हो । माटोमा नाइट्रोजन तथा फस्फोरसको मात्रा न्यून वा मध्यम रहेको छ ।

परीक्षण गरिएका नमूनामध्ये २०५ वटामा नाइट्रोजनको मात्रा न्यून, १११ वटामा मध्यम र चार वटामा उच्च रहेको छ । त्यस्तै, फस्फोरस ११ वटामा न्यून, ३०३ वटामा मध्यम र छ वटामा उच्च रहेको कृषि विकास कार्यालयका प्रमुख कुमार पुनले जानकारी दिनुभयो ।

पोटासियमतर्फ ८० नमूनामा मात्रा न्यून, २१७ वटामा मध्यम र २३ वटामा उच्च रहेको उहाँले बताउनुभयो । माटोको अम्लीयपन (पीएच) परीक्षण गर्दा ६२ प्रतिशत माटो अम्लीय, ३७ प्रतिशत तटस्थ र एक प्रतिशत क्षारीय रहेको पाइएको छ । माटोको अम्लीयपन बढ्दै गएकाले कृषि उत्पादन वृद्धि गर्न माटोको अवस्था पहिचान गरी आवश्यकताअनुसार चुन तथा पोषक तत्वको प्रयोग गर्नुपर्ने देखिएको छ ।

कृषि विकास कार्यालयले जैमिनी नगरपालिका–२, काठेखोला गाउँपालिका–९ र बागलुङ नगरपालिका–८ मा माटो परीक्षण शिविर सञ्चालन गरेको थियो । कृषि विकास कार्यालयका प्रमुख कुमार पुनका अनुसार असन्तुलित मल प्रयोगका कारण माटो बिग्रिँदै गएको छ ।

पछिल्लो समय प्राङ्गारिक मलको प्रयोग घटेकाले माटोमा अम्लीयपन बढेको उहाँको भनाइ छ । माटोमा बढेको अम्लीयपन र क्षारीयपनलाई तटस्थ बनाउन प्राङ्गारिक तथा हरियो मलको प्रयोग र कोसेबाली लगाउन आवश्यक रहेको उहाँले बताउनुभयो । युरिया मलको बढ्दो प्रयोगले माटोको अवस्था बिगार्न सक्ने भएकाले नाइट्रोजन, फस्फोरस र पोटासियमयुक्त मल सन्तुलित रूपमा प्रयोग गर्नुपर्ने प्राविधिकको भनाइ छ ।