११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता

अनुसन्धान तथ्य: भान्सामा ग्यासभन्दा बिजुली सस्तो

अनुसन्धान तथ्य: भान्सामा ग्यासभन्दा बिजुली सस्तो
अ अ+ अ-

काठमाडौँ । ग्यासमा भन्दा विद्युतीय ऊर्जाको प्रयोग गरेर खाना पकाउँदा आर्थिक रूपमा सस्तो पर्ने अनुसन्धानले देखाएको छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतको ऊर्जा अध्ययन केन्द्रले गरेको अनुसन्धानबाट सो कुराको पुष्टि भएको हो । यसका अनुसन्धानकर्ता एवं केन्द्रका प्राडा जगन्नाथ श्रेष्ठले भने, “एलपी ग्यासभन्दा इन्डक्सन चुलोमा खाना पकाउँदा समय र पैसा कम खर्च हुने देखियो । त्यसैले एलपी ग्यासको प्रयोग कम गर्दै लैजान सकिएमा मुलुकलाई आर्थिक रूपमा फाइदा हुनेछ ।”

केन्द्रले यही मङ्सिर ७ गते सो अनुसन्धान गर्दा नमुनाका रूपमा आधा केजी चामल लिएको थियो । त्यसमा आधा लिटर पानी प्रयोग गरिएको थियो । चामल र पानीको तौल २.७९ केजी भएको थियो । उनले विद्युतीय चुलो (इन्डक्सन) प्रयोग गर्दा फलाम (स्टिल)को भाडोमा मात्र पाक्न सक्ने भएकाले ग्यास र इन्डक्सन चुलोमा यो अनुसन्धान गर्दा एउटै प्रेसर कुकर प्रयोग गरिएको बताए । कुकरले दुई सिट्टी दिँदा भात पाक्ने सिद्धान्तअनुरूप भात पकाइएको थियो ।

ऊर्जाविद् प्राडा श्रेष्ठले ग्यास चुलोमा भात पकाउँदा ११ मिनेट ११ सेकेन्ड र इन्डक्सनमा पकाउँदा सात मिनेट ४९ सेकेन्ड समय लागेको जानकारी दिए । “इन्डक्सनमा पकाउँदा झण्डै तीन मिनेट छिटो पाक्ने रहेछ” उनले भने । अनुसन्धानका क्रममा एक पटक भात पकाउँदा एलपी ग्यासको ऊर्जा २५ ग्राम खपत हुने र इन्डक्सनमा पकाउँदा शून्य दशमलव १४२ किलोवाट आवर खर्च हुने गरेको पत्ता लगाइएको थियो । ऊर्जा खपतका बारेमा थाहा पाउन विभिन्न उपकरणहरू प्रयोग गरिएको थियो ।

“ऊर्जा खपतबारे थाहा पाउनका लागि विश्वमा जुन उपकरण प्रयोग गरिन्छन्, हामीले पनि तिनै उपकरणहरू प्रयोग गरेका थियौँ”, उनले भने । दुई सिट्टीमा भात पाकेपछि खर्च भएको ऊर्जाको गणना गर्दा दुई रुपियाँ ४६ पैसा बराबरको ग्यास र एक रुपियाँ ४२ पैसा बराबरको विद्युत् खर्च भएको पाइएको थियो । सो रकम प्रतिसिलिन्डर एक हजार चार सय रुपियाँको हिसाबका आधारमा निकालिएको थियो । विद्युतीय ऊर्जाको हिसाब १५ एम्पियरको मिटर जडान गरिएको आधारमा १० रुपियाँ प्रतियुनिटको दरले निकालिएको हो ।

“नेपालीले २० प्रतिशत मात्र एलपी ग्यासको प्रयोगलाई विस्थापित गर्न सकेमा बर्सेनि अर्बौं रुपियाँ बचत गर्न सक्नेछौँ” उनले थपे, “नयाँ जलविद्युत् आयोजनाले विद्युत् उत्पादनको तयारीमा छन् । उनीहरूले उत्पादन गर्न थालेपछि भारतबाट पनि विद्युत् ल्याइरहनुपर्दैन र नेपालमा सबै खपत हुन नसक्ने अवस्था रहन्छ । त्यसैले पनि एलपीजी ग्यासलाई विस्थापित गरेर बिजुली बत्तीको प्रयोग बढाउनु जरुरी छ ।”

सरकारले २०७५–२०८५ साललाई ऊर्जा दशकका रूपमा घोषणा गरेको छ । गत २०७५ साल वैशाख २५ मा जारी स्वेतपत्रमा हरेक घर ऊर्जा घर, हरेक घरमा एक विद्युतीय चुलो भनेर उल्लेख गरिएको छ । नेपालमा दैनिक करिब ७२ हजार सिलिन्डर एलपी ग्यास खपत हुँदै आएको छ । सो १० करोड रुपियाँभन्दा बढी हुन्छ । बर्सेनि ४२ अर्ब रुपियाँभन्दा बढीको एलपी ग्यास खरिद हुँदै आएको छ । काठमाडौँ उपत्यकामा मात्र दैनिक खपत हुने ऊर्जाको ६९ प्रतिशत खाना पकाउनमा प्रयोग हुने गरेको छ ।

आर्थिक सर्वेक्षणले गत आर्थिक वर्ष २०७५/७६ को मध्यसम्ममा चार हजार १०२ गिगावाट आवर विद्युतीय ऊर्जा उपयोग भएको थियो । एक गिगावाट बराबर एक अर्बबाट हुन्छ । ऊर्जाविद् प्राडा. श्रेष्ठले इन्डक्सन चुलोबाट खाना पकाएर आर्थिक बचत गर्न गुणस्तरीय र दुईमुखे चुलो हुनुपर्ने, विद्युत् प्रवाह नियमित हुनुपर्ने, कम्तीमा १५ एम्पियरको विद्युत् लाइन जडान हुनुपर्ने, विद्युत् महसुल हालको भन्दा बढाउन नहुने बताए । गोरखापत्र दैनिकबाट