११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह

‘दाङको ५५ झ्याले दरबार’ जीर्णावस्थामा

‘दाङको ५५ झ्याले दरबार’ जीर्णावस्थामा
अ अ+ अ-

दाङ । भक्तपुरमा राजा जितामित्र मल्लका पालामा निर्मित ५५ झ्याले दरबारलाई सम्झाउने यहाँ पनि अर्को ‘दरबार’ छ । दाङ जिल्लाको लमही नगरपालिकाबाट दक्षिणमा पर्ने गढवा गाउँपालिका वडा नं ३ मा अवस्थित गोबरडिहाको चारैतिर प्राकृतिक मनोरम दृश्यबीच राप्ती नदी छेउको विशाल भवनलाई जिल्लाबासीले ५५ झ्याले दरबार भनेर चिन्ने गर्छन् ।
एक सय ५० वर्षअघि भारतबाट सिकर्मी लिएर सो भवन तयार पारिएको थियो । भारतको गोरखपुरदेखि कोइलाबास नाकाको तुलसीपुर नजीकै बालारामपुरबाट समेत कालिगढ आएर बनाएको स्थानीयवासी ज्येष्ठ नागरिक बताउँछन् । काठ, इँटा र प्लाष्टर सामग्री स्थानीय नै प्रयोग भए पनि आधुनिक तवरले निर्माण गरिएको हुँदा कालिगढ भने भारतबाट झिकाइएको थियो ।
भवन निर्माणको शुरुआत विसं १९१८ मा भएको थियो । भनिन्छ सो भवन तयार हुन नौ वर्ष लाग्यो । राजनीतिज्ञ परशुनारायण चौधरीका बुबा जोखनप्रसादले सोे भवन बनाउनुभएको थियो ।
देउखुरीमा पर्ने सो भवन वातावरणमैत्री छ । भवनको बीच भाग खुला छाडिएको छ । अरु भाग निकै आकर्षक काष्ठकलाले सिंँगारिएका छन् । भवनको स्वरुप राजामहाराजा बस्ने दरबार जस्तै छ । संरचनामा कुमारीघरको समेत झल्को देखिन्छ । हनुमानढोका दरबारमा भए जस्तै काष्ठकला त्यसमा देखिन्छ ।

भवनका कोठामा झार पलाउन थालेका छन् । धमिराले काठ खान थालेको छ । भवनमा प्रयोग गरिएका काष्ठकला अझै बिग्रेको छैन । यसको संरक्षण भने भएको छैन । देउखुरीको सो ऐतिहासिक धरोहरलाई बाहिर चिनाउन कतैबाट पहल भएको छैन । पारिवारिक सदस्यले त्यसलाई पुरातात्विक हिसाबसँगै ऐतिहासिक धरोहरका रुपमा स्थापित गर्न चाहे पनि सरकारले त्यसलाई सहज रुपमा स्वीकार नगरेको परिवारका एक सदस्य मनोज चौधरीको भनाइ छ ।
करीब एक बिघा क्षेत्रफलमा फैलिएको मनमोहक सो भवन संरक्षण गर्न नसक्दा ओझेलमा परेको छ । स्थानीय तहले त्यसलाई संरक्षण गर्न चासो देखाएमा यसलाई सङ्ग्रहालय बनाउन सकिने भए पनि वडा तथा गाउँपालिकाले यसका विषयमा केही प्रयास नथालेको स्थानीय आशाराम चौधरीले बताउनुभयो ।
“नेपाल सरकार, पुरातत्व विभागले एक सय वर्ष पुराना ऐतिहासिक धरोहरलाई संरक्षण प्रदान गर्दै आएको छ । पुरातत्व विभागले एक पटक निरीक्षण गर्नुबाहेक यहाँ केही गरेको छैन”, उहाँले भन्नुभयो, “दुई वर्षअघि पुरातत्व विभागका कर्मचारी आएर यो भवनलाई पुरातात्विक संरचनामै राखेर मर्मत तथा सम्भार गर्ने आश्वासन दिएर गएको भए पनि अहिलेसम्म कुनै आश्वासन व्यवहारमा लागु भएको छैन ।”
त्यस बेला पचपन्न झ्याल र भवनको चौखण्डमा सिंहको आकृति बनाएको भन्दै तत्कालीन राणाहरुले भवन बनाउने जोखनप्रसादमाथि सार्वजनिक मुद्दासमेत चलाएका थिए । प्रदेशले दिएको बजेट पनि परिवारका केही सदस्यले भवन संरक्षणमा लगानी गर्न नदिइएको भवन निर्माणकर्ता जोखनप्रसादका नाति कैलाशचन्द्र चौधरीले बताउनुभयो ।
अहिले परिवारकै सदस्यले यो ऐतिहासिक धरोहरलाई जोगाइराखेका छन् । भवन अहिले संरक्षणको पर्खाइ छ । संविधानसभाका सदस्य योगेन्द्र चौधरीले भवन संरक्षण गर्नाको साटो द्वन्द्वकालमा यसलाई भत्काउन लागिपरेको दुखेसो पोख्नुभयो ।
देउखुरीमा ५५ झ्याले भवन बनाएसँगै जोखनका छोरा परशुनारायण चौधरीले पनि आफ्नो बस्तीमा अर्को राम्रो संरचना बनाएका थिए । यो राज्य संरचनालाई चुनौती थियो । उनले दाङमा राजखानदानको जस्तै संरचनाको भवन बनाएका थिए ।
प्रदेशसभा सदस्य इन्द्रजीत थारु भने भवन क्षेत्रको सम्पत्ति सरकारीकरण हुने डरले परिवारका सदस्यले नै लगानी गर्न नदिएको बताउनुहुन्छ । प्रदेश सरकारले थारु सङ्ग्रहालय निर्माणका लागि लगानीको प्रयास गरे पनि पारिवारिक सहमति नजुट्दा समस्या भएको उहाँको भनाइ छ ।