१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

चैत २२ गते प्रतिनिधि सभाको सभामुखको चयनको लागि निर्वाचन हुने



अ+ अ-

काठमाडाैँ । प्रतिनिधि सभाको सभामुख चयनको लागि चैत २२ गते निर्वाचन हुने भएको छ ।बिहीवार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख निर्वाचनको लागि मिति तोक्नुभएको हो ।

सदस्य केसीले संघीय संसदको महासचिव पद्यप्रसाद पाण्डेलाई सभामुख पदको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना बिहीवार नै प्रकाशन गर्न पनि निर्देशन दिनुभएको छ । सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने प्रावधान रहेको छ ।

सोहीअनुसार जेष्ठ सदस्य केसीले सभामुख चयनको लागि निर्वाचनको मिति तोक्नुभएको हो । सभामुखको निर्वाचनपछि उपसभामुखको निर्वाचन हुनेछ ।