३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु

बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल

बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल
अ+ अ-

काठमाडौं । सरकारले बाढीका कारण क्षतिग्रस्त सडक तथा पुल सञ्चालनमा ल्याउन भारत र चीनसँग बेलिब्रिज माग गरेको छ।

बेलिब्रिज उपलब्ध गराइदिन आग्रह गर्दै परराष्ट्र मन्त्रालयले भारत र चीन सरकारलाई पत्राचार गरेको हो। बुधबार रसुवामा आएको विनाशकारी बाढीका कारण विभिन्न जिल्लामा सडक तथा पुलमा ठूलो क्षति पुगेपछि तत्काल यातायात सञ्चालनका लागि अस्थायी पुलको आवश्यकता परेको हो।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा गरी ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रारम्भिक विवरण छ। पुलहरू बगाएपछि धादिङ जाने मुख्य सडकसहित विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ।

चीनसँग जोडिने रसुवागढी नाकाको पुलसमेत बाढीले बगाएको छ। त्यस्तै नुवाकोटको त्रिशूली क्षेत्रमा रहेको पुललगायत अन्य स्थानका पुल तथा सडक संरचनामा पनि क्षति पुगेको छ।

बाढीबाट क्षतिग्रस्त संरचनाका कारण प्रभावित क्षेत्रमा उद्धार, राहत तथा अत्यावश्यक सामग्रीको आवतजावतमा समेत कठिनाइ भइरहेको छ। त्यसैले सरकारले तत्काल यातायात सञ्चालन सहज बनाउन वैकल्पिक तथा अस्थायी पुल निर्माणलाई प्राथमिकता दिएको हो।

सरकारले बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनःस्थापना तथा प्रभावित क्षेत्रमा आवागमन सहज बनाउन छिमेकी मुलुकसँग आवश्यक सहयोगका लागि समन्वय गरिरहेको जनाएको छ।