काठमाडौं ।सरकारले गृह सचिवको जिम्मेवारी केदारनाथ शर्मालाई दिने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयका सचिव शर्मालाई गृह सचिवमा सरुवा गर्ने निर्णय गरेको हो। शर्मा २०८२ मंसिरदेखि रक्षा मन्त्रालयको सचिवका रूपमा कार्यरत थिए।
हाल गृह सचिव रहेका राजकुमार श्रेष्ठ भदौ १५ गतेदेखि अनिवार्य अवकाशमा जाने भएपछि सरकारले शर्मालाई गृह सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।
शर्माले अब गृह मन्त्रालयको प्रशासनिक नेतृत्व सम्हाल्नेछन्।









