२ श्रावण २०८३, शनिबार
,
Latest
साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट चीनको चोङकिङमा पहिरोः सात जनाको जीवितै उद्धार चीनको चोङकिङमा भीषण पहिरोः घरहरू पुरिए, सयौँ नागरिक फसेको आशङ्का अमेरिकाद्वारा इरान लक्षित पछिल्लो चरणको हवाई आक्रमण सम्पन्न यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

रानू मण्डलबारे सोध्दा भड्किए हिमेश: भने, ‘म उनको म्यानेजर होइन’



अ+ अ-

रातारात आफ्नो गीतमार्फत् इन्टरनेट सेन्सेशन बनेकी रानू मण्डल आजभोली भने विवादित घेरिएकी छिन् । हिमेश रेशमियामार्फत् यति ठूलो मौका पाएपछि पनि रानू मण्डलको जीवनमा चुनौतीको पहाड भने कम भएको छैन । प्रशंसकसँग सेल्फी खिच्न नमानेको खबरका कारण उनी चर्चामा आएकी थिइन् । पछिल्लो पटक उनको भारी मेकअपको चर्चा निकै लामो समयसम्म रह्यो ।

हिमेशले भने, ‘म रानूको म्यानेजर होइन’अहिले हिमेश रेशमिया आफैं पनि रानू मण्डलका कारण चिन्तामा भएको देखिन्छन् । हालै मुम्बईमा भएको एक कार्यक्रममा हिमेशसँग रानू मण्डलको विषयमा प्रश्न सोध्दा उनले आफू रानूको म्यानेजर नभएको बताएका छन् ।

जब हिमेश रेशमियासँग उनी रानू मण्डलाई पुनः गीत गाउने मौका दिनुहुन्छ भनेर प्रश्न सोधियो तब उनले सिधा जवाफ नदिइकनै भने, ‘म रानू मण्डलका लागि अन्य संगीतकर्मीसँग पनि कुरा गर्नेछु किनभने उनको आवाज निकै सुरिलो छ ।’