३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफ्रिकामा खाद्य सुरक्षा बढाउन आह्वान



अ+ अ-

काठमाडौं । संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठनले अफ्रिकी देशहरुको खाद्य सुरक्षा बढाउनका लागि तत्काल ठोस कार्य गर्न आह्वान गरेको छ ।

तत्काल ठोस कार्यहरु गर्न नसकेमा भोकमरीलाई शुन्यमा झार्ने दिगो विकास लक्ष्य पुरा गर्न गाह्रो हुने पनि संगठनले चिन्ता व्यक्त गरेको छ ।
संगठनका महानिर्देशक क्यु डोङ्युले भन्नुभयो, “सन् २०३० सम्ममा पुरा गर्नु पर्ने लक्ष्य पुरा गर्नका लागि हामीसँग अव दश बर्ष मात्रै बाँकी छ, यही तरिकाले हामीले लक्ष्य पुरा गर्नसक्दैनौ ।”

“मानवीय शक्ति र प्राकृतिक श्रोतसाधनका हिसावले अफ्रिका हाम्रो भविष्य हो, एसिया भन्दा यो धेरै सामर्थ र सम्भावना भएको क्षेत्र हो,” उहाँले भन्नुभयो ।

अफ्रिकी देशहरुमा भोकमरी बढ्दै गएमा पूर्वी देशहरुलाई घातक हुने र चुनौती थपिने गम्भीर चेतावनी पनि उहाँले दिनुभयो ।
विश्वका दुई अर्ब मानिस खाद्य असुरक्षाको जोखिममा रहेका र ती मध्ये अफ्रिकामा मात्रै ६० करोड ७६ लाख मानिस भोकमरी र कुपोषणको खतरामा रहेका राष्ट्रसंघीय निकायहरुले गत जुलाईमा जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।