१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल

कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी

कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी
अ अ+ अ-

काठमाडौं । कोशी प्रदेशकै सबैभन्दा ठूलो अस्पतालका रूपमा रहेको कोशी अस्पतालमा बिरामीको चाप बढेसँगै दैनिक रगत अभाव हुन थालेपछि अस्पतालले आफ्नै ‘ब्लड बैंक’ स्थापना गर्ने तयारी थालेको छ।

प्रादेशिक रक्तसञ्चार सेवा विराटनगरका अनुसार कोशी प्रदेशमा दैनिक करिब ९०० देखि १००० युनिटसम्म रगतको माग हुने गरेको छ। आकस्मिक अवस्थाका बिरामीलाई समयमै रगत उपलब्ध गराउन अस्पतालले आफ्नै संरचनामा ‘ब्लड बैंक’ स्थापना गर्न लागेको अस्पतालका प्रशासन प्रमुख त्रिलोचन न्यौपानेले जानकारी दिए।

अस्पतालमा रगत अभावका कारण आकस्मिक सेवाका बिरामी तथा तिनका आफन्तले सास्ती खेप्दै आएका छन्। विशेषगरी प्रसूति र शल्यक्रियाका बिरामीका लागि समयमै रगत जुटाउन कठिन हुने गरेको छ।

अस्पतालले ‘ब्लड बैंक’ सञ्चालनका लागि आवश्यक सामग्री खरिद गर्न गत पुस महिनामै बोलपत्र आह्वान गरी प्रक्रिया सुरु गरेको थियो। सोहीअनुसार आवश्यक पूर्वाधार निर्माण, उपकरण जडान तथा सेवा सञ्चालनको व्यवस्था गरिने जनाइएको छ।

करिब २४ लाख रुपैयाँको लागतमा निर्माण गरिने उक्त ‘ब्लड बैंक’ स्थापना भएपछि रगत सङ्कलन, परीक्षण र भण्डारण प्रक्रिया छिटो हुने अपेक्षा गरिएको छ।

“अहिले हामी बाह्य निकायमा निर्भर छौँ, जसका कारण कतिपय अवस्थामा रगत अभाव हुन्छ,” प्रशासन प्रमुख न्यौपानेले भने, “अस्पतालमै ब्लड बैंक सञ्चालनमा आएपछि बिरामीलाई छिटो र सहज रूपमा सेवा दिन सकिन्छ।”

ब्लड बैंक सञ्चालनका लागि आवश्यक कर्मचारीका दरबन्दीसमेत खुलाइसकिएको र छनोट प्रक्रिया अघि बढिरहेको जनाइएको छ। कोशी अस्पतालमा टाढाका जिल्ला तथा छिमेकी भारतीय सहरबाट समेत बिरामी उपचारका लागि आउने भएकाले रगतको आवश्यकता उच्च रहेको चिकित्सकहरू बताउँछन्।

अस्पतालका स्त्री तथा प्रसूति रोग विभाग प्रमुख डा. अन्जु देवका अनुसार प्रसूति र शल्यक्रिया सेवा अत्यन्तै संवेदनशील तथा आकस्मिक हुने भएकाले रगत अभाव हुँदा सेवा प्रवाहमा ठूलो समस्या पर्ने गरेको छ। “कतिपय अवस्थामा बिरामी भर्ना गर्नुअघि नै आफन्तलाई रगतको व्यवस्था गर्न लगाउनुपर्ने बाध्यता छ,” उनले भने ।

हाल अस्पताल रेडक्रसजस्ता बाह्य निकायमा निर्भर रहनुपर्ने अवस्था रहेको र कहिलेकाहीँ निजी अस्पतालले आफ्ना बिरामीलाई प्राथमिकता दिँदा गरिब बिरामीहरू प्रभावित हुने गरेको उनको भनाइ छ।

अस्पतालमै ‘ब्लड बैंक’ सञ्चालनमा आएपछि बिरामीले आफैँ रगत खोज्नुपर्ने बाध्यताबाट राहत मिल्ने विश्वास गरिएको छ। पछिल्लो समय नियमित रक्तदान कार्यक्रमहरू पनि ओझेलमा परेकाले रगत आपूर्तिमा थप चुनौती देखिएको छ।