१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण

टोकियोमा १० हजारभन्दा बढी जापानीद्वारा प्रधानमन्त्रीका नीति विरुद्ध प्रदर्शन

टोकियोमा १० हजारभन्दा बढी जापानीद्वारा प्रधानमन्त्रीका नीति विरुद्ध प्रदर्शन
अ अ+ अ-

काठमाडाैा । जापानी प्रधानमन्त्री सानाए ताकाइचीको नीतिविरुद्ध टोकियोमा १० हजारभन्दा बढी मानिसहरूले भेला भएर विरोध प्रदर्शन गरेका छन् । उनीहरूले देशको शान्तिवादी संविधान संशोधन गर्ने प्रयास र लामो दूरीका क्षेप्यास्त्र परिचालन गर्ने सरकारको योजनाको कडा विरोध गरेका हुन् ।

प्रतिनिधि सभाको सेकेन्ड मेम्बर्स अफिस बिल्डिङ बाहिर भेला भएका प्रदर्शनकारीहरूले युद्ध नगरौँ र संविधान संशोधनको विरोध गरौँ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए । उनीहरूले जापानको शान्तिवादी संविधानको रक्षा गर्न र शान्ति कायम राख्न माग गरेका छन् । सन् १९४७ देखि लागू भएको जापानको संविधानलाई शान्तिवादी संविधानका रूपमा चिनिन्छ ।

यसको धारा ९ मा जापानी जनताले राष्ट्रको सार्वभौम अधिकारका रूपमा युद्ध, र अन्तर्राष्ट्रिय विवादहरू सुल्झाउन बल प्रयोग वा धम्की दिने कार्यलाई सदाका लागि त्याग गरेको उल्लेख छ । प्रधानमन्त्री ताकाइची र अन्य दक्षिणपन्थी राजनीतिज्ञहरूले लामो समयदेखि धारा ९ लाई संशोधन गर्ने प्रयास गर्दै आएका छन् । संविधान संशोधनप्रतिको आफ्नो प्रतिवद्धतालाई प्रधानमन्त्रीले हालै पुनः दोहो¥याएपछि जापानभर यसप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ ।