१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण

नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा

नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा
अ अ+ अ-

काठमाडौं । नासाले आफ्नो आगामी चन्द्र अभियानका लागि ‘स्पेस लन्च सिस्टम’ (एसएलएस) र ‘ओरियन’ अन्तरिक्ष यान लाई पुनः प्रक्षेपण स्थलमा ल्याएको छ ।

यी दुबै संरचना केनेडी स्पेस सेन्टर, फ्लोरिडामा रहेको भेहिकल एसेम्बली बिल्डिङबाट करिब ६.४ किलोमिटर दूरी तय गर्दै प्रक्षेपण स्थलसम्म पु¥याइएको हो । शुक्रबार बिहान १२ः२० बजे (स्थानीय समय) यात्रा सुरु भएको यो प्रक्रिया करिब ११ घण्टापछि सम्पन्न भएको थियो ।

नासाका टोलीहरू अहिले अन्तिम चरणको प्रक्षेपण तयारीमा जुटेका छन् । आगामी आर्टेमिस २ मिशनको प्रक्षेपण झ्याल अप्रिल १ देखि अप्रिल ६ सम्म रहने तय गरिएको छ । यसअघि फेब्रुअरी २१ मा गरिएको ‘वेट ड्रेस रिहर्सल’ (अन्तिम परीक्षण) क्रममा रकेटको माथिल्लो भागमा हिलियम प्रवाह हुन नदिने समस्या देखिएको थियो ।

त्यसपछि मर्मतका लागि रकेट र अन्तरिक्ष यानलाई पुनः एसेम्बली भवनमा फर्काइएको थियो । मर्मतका क्रममा इन्जिनियरहरूले विभिन्न प्रणालीहरू पुनः परीक्षण तथा अद्यावधिक गरेका छन् । यसमा नयाँ फ्लाइट टर्मिनेसन सिस्टम ब्याट्री सक्रिय पार्ने, विभिन्न चरणका ब्याट्रीहरू परिवर्तन गर्ने तथा ओरियनको लन्च एबोर्ट सिस्टमका ब्याट्री चार्ज गर्ने काम गरिएको छ ।

यसका साथै, मुख्य चरणको तरल अक्सिजन लाइनको सिल परिवर्तन गरिएको छ र अक्सिजन आपूर्ति प्रणाली पुनः जडान गरी परीक्षण गरिएको नासाले जनाएको छ ।

आर्टेमिस २ मिशनअन्तर्गत चार अन्तरिक्षयात्रीलाई करिब १० दिनको यात्रामा चन्द्रमाको परिक्रमा गराएर पुनः पृथ्वीमा फर्काइनेछ। यसमा रीड वाइसम्यान, भिक्टर ग्लोभर, क्रिस्टिना कोच र जेरेमी ह्यान्सन सहभागी रहनेछन् ।