२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा गुग्लिएलमो एरिना नियुक्त



अ+ अ-

काठमाडौँ। अखिल नेपाल फुटबल सङ्घले इटालियन प्रशिक्षक गुग्लिएलमो एरिनालाई नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

एन्फाका महासचिव किरण राईले आज एरिनालाई नियुक्तिपत्र प्रदान गर्नुभएको हो । उहाँ दुई साताअघि नै नेपाल आउनुभएको थियो । स्वीट्जरल्यान्डमा जन्मिनुभएका एरिना इटालियन नागरिक हुनुहुन्छ ।

एएफसी प्रो–लाइसेन्स प्रशिक्षक उहासँग चार महादेशका विभिन्न क्लब अनि राष्ट्रिय टोली सम्हालेको अनुभव छ । उहाँले पछिल्लोपटक लाओसको सिनियर र युवा राष्ट्रिय फुटबल टोली सम्हाल्नुभएको थियो ।

एरिनाको नेतृत्वमा पहिलोपटक नेपालले यही चैत १२ गते हङकङसँग अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलका लागि लाओसको भ्रमण गर्नेछ । एरेनालाई एक वर्षका लागि नेपालको मुख्य प्रशिक्षक नियुक्त गरिएको हो ।

प्रशिक्षक एरिनाले नेपाली खेलाडीहरूमा क्षमता रहेको र राम्रा खेलाडीहरूको सङ्ख्या बढाउने उद्देश्य रहेको उल्लेख गर्नुभयो । रासस