२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै News Polar राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि, उपचारदेखि हवाईजहाजका पार्टपुर्जासम्ममा सहजीकरण News Polar विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान News Polar ‘नागरिक स्पेस’ को खोजी’– अहिले ? …कहिले ? News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला

मध्यपूर्व युद्धः तनाव तीव्र, आक्रमण र प्रतिआक्रमण जारी

मध्यपूर्व युद्धः तनाव तीव्र, आक्रमण र प्रतिआक्रमण जारी
अ अ+ अ-

काठमाडाैँ । अमेरिका–इजरायल र इरानबीच चर्किएको मध्यपूर्व युद्ध अझ फैलिँदै जाँदा क्षेत्रभरि सैन्य गतिविधि तीव्र बनेको छ । खाडी क्षेत्रदेखि लेबनान, सिरिया र इराकसम्म विस्फोट, क्षेप्यास्त्र प्रहार, ड्रोन आक्रमण र सैन्य कारबाहीका खबरहरू आएका छन् भने विश्व अर्थतन्त्र र ऊर्जा आपूर्तिमा पनि यसको प्रभाव देखिन थालेको छ ।

शनिबार दुबई र बहराइनको राजधानी मानामामा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपीका पत्रकारहरूले जनाएका छन् । इरानले खाडी क्षेत्रका लक्ष्यहरूमा प्रतिशोधात्मक आक्रमण सुरु गरेको एक हप्तापछि यी विस्फोटहरू सुन्निएको हो । मानामामा चेतावनी साइरन बजाइएको थियो र बहराइनको गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत स्थानीय बासिन्दालाई नजिकको सुरक्षित स्थानमा जान आग्रह गरेको थियो ।

यसैबीच अमेरिकी विदेश मन्त्रालयले इजरायललाई १२ हजार बम क्यासिङ बिक्री गर्न ‘आपतकालीन’ स्वीकृति दिएको जनाएको छ । विदेश मन्त्रालयको राजनीतिक–सैन्य मामिला ब्युरोका अनुसार प्रस्तावित बिक्रीले इजरायलको रक्षा क्षमता सुदृढ बनाउने, वर्तमान र भविष्यका खतराहरू सामना गर्न सहयोग गर्ने तथा क्षेत्रीय खतराविरुद्ध निवारकका रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।

इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणपछि इजरायली सेनाले देशभरि हवाई आक्रमणको चेतावनी जारी गरेको जनाएको छ । इरानले आफ्नो सर्वोच्च नेता आयातुल्ला अली खामेनीको हत्या र देशभरका लक्ष्यहरूमा गरिएको अमेरिका–इजरायलको संयुक्त सैन्य कारबाहीको बदला लिन इजरायलमाथि लगातार आक्रमण गरिरहेको बताइएको छ ।

यसै क्रममा लेबनान–सिरिया सीमामा पनि तनाव चर्किएको छ । लेबनानी सरकारी मिडियाका अनुसार इजरायलले उक्त क्षेत्रमा अवतरण कारबाहीको प्रयास गर्दा झडप भएको थियो । तेहरान समर्थित हिजबुल्लाहले आफ्ना लडाकूहरू त्यस झडपमा संलग्न रहेको जनाएको छ । खामेनीको हत्याको बदला भन्दै हिजबुल्लाहले सोमबार इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले लेबनानमा थप सेना पठाएको थियो ।

खाडी क्षेत्रमा पनि आक्रमणको प्रयास जारी रहेको छ । साउदी अरेबियाको रक्षा मन्त्रालयले अमेरिकी सैन्य कर्मचारीहरू बसोबास गर्ने एक हवाई अड्डातर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल अवरोध गरिएको जनाएको छ । राज्य समाचार एजेन्सीका अनुसार यसअघि पूर्वी क्षेत्रमा रहेको रास तनुरा रिफाइनरी लक्षित गरी गरिएको ड्रोन आक्रमणपछि इमिराती सीमासँगैको तेल क्षेत्रमा गरिएको अर्को ड्रोन आक्रमण पनि विफल पारिएको थियो ।

इरानको राजधानी तेहरानमा पनि शनिबार ठूलो विस्फोट भएको इरानी राज्य प्रसारणकर्ताले जनाएको छ । त्यसपछि इजरायली सेनाले तेहरानका लक्ष्यहरूमा ‘व्यापक स्तरका आक्रमण’ सुरु गरिएको पुष्टि गरेको थियो । इजरायलका अनुसार इरानबाट नयाँ चरणको क्षेप्यास्त्र प्रहार भएपछि तेल अभिव क्षेत्रमा शृङ्खलाबद्ध विस्फोट सुनिएका थिए ।

इजरायलले इरानमाथि युद्ध सुरु भएयता ‘धेरै पटक’ क्लस्टर बम प्रयोग गरेको आरोप पनि लगाएको छ । यी हतियारहरू हावामा विस्फोट भएर साना बमहरू छरिने भएकाले लामो समयसम्म नागरिकका लागि जोखिमपूर्ण हुने मानिन्छ । इरान र इजरायल दुवै क्लस्टर बमको प्रयोग र उत्पादन प्रतिबन्ध गर्ने अन्तर्राष्ट्रिय महासन्धिमा सहभागी छैनन् ।

यसैबिच अमेरिकाले रुसले इरानलाई खुफिया सहयोग दिएको भन्ने समाचारबारे टिप्पणी गरेको छ । वासिङ्टन पोस्टले अमेरिकी गुप्तचर अधिकारीहरूलाई उद्धृत गर्दै रुसले इरानलाई जहाज र विमानसहित अमेरिकी सैन्य सम्पत्तिको अवस्थाबारे जानकारी उपलब्ध गराएको जनाएको थियो । तर ह्वाइट हाउसले यस विषयलाई कम महत्त्व दिँदै पेन्टागन प्रमुख पीट हेगसेथले अमेरिकी कमान्डरहरू अवस्थाबारे पूर्ण रूपमा सचेत रहेको बताए ।

इरानले भने आफ्नो नेतृत्व चयन प्रक्रियामा अमेरिकी हस्तक्षेप अस्वीकार गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनीको उत्तराधिकारी चयन प्रक्रियामा आफू संलग्न हुनुपर्ने बताएका थिए। त्यसप्रति प्रतिक्रिया दिँदै संयुक्त राष्ट्रसङ्घका लागि इरानका राजदूत अमिर सइद इरवानीले इरानको नेतृत्व चयन संवैधानिक प्रक्रिया र जनताको इच्छाअनुसार हुने स्पष्ट पारे।

युद्ध चर्किँदै जाँदा अमेरिकाले हतियार उत्पादन बढाउने घोषणा पनि गरेको छ । ट्रम्पका अनुसार प्रमुख अमेरिकी रक्षा कम्पनीहरूले उन्नत हतियारको उत्पादन चार गुणासम्म बढाउन सहमति जनाएका छन् । अमेरिकी सेनाका अनुसार द्वन्द्व सुरु भएको पहिलो सातामै तीन हजारभन्दा बढी लक्ष्यमा प्रहार गरिएको छ ।

युद्धको असर विश्व अर्थतन्त्रमा पनि देखिन थालेको छ । खाडी क्षेत्रमा तेल आपूर्ति अवरुद्ध हुने आशङ्काले कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । वेस्ट टेक्सास इन्टरमिडियेट कच्चा तेलको मूल्य शुक्रबार १२ प्रतिशतले बढेर प्रति ब्यारेल ९०.९२ डलर पुगेको छ । यो साप्ताहिक रूपमा ठूलो वृद्धि मानिएको छ ।

इराकमा पनि तनाव बढेको छ । रकेटहरूले बगदाद अन्तर्राष्ट्रिय विमानस्थल परिसरलाई लक्षित गरेका थिए, जहाँ सैन्य आधार र अमेरिकी कूटनीतिक सुविधा रहेका छन् । ‘सराया अवलिया अल–दम’ नामक छद्म समूहले उक्त आक्रमणको जिम्मेवारी लिएको दाबी गरेको छ, जसलाई इरान समर्थित इस्लामिक प्रतिरोध समूहको हिस्सा मानिन्छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले कुवेतमा इरानी ड्रोन आक्रमणमा मारिएका छ जना अमेरिकी सैनिकको पार्थिव शरीर स्वदेश फर्किने क्रममा आफू उपस्थित हुने बताए । उनका अनुसार दक्षिणी औद्योगिक केन्द्र पोर्ट शुआइबामा भएको आक्रमणमा ती सैनिक मारिएका थिए ।

दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसङ्घको शान्ति सेनाको आधार क्षेत्रमा भएको आक्रमणमा घानाका धेरै शान्ति सैनिक घाइते भएको पनि रिपोर्ट आएको छ । आक्रमण कसले गरेको भन्ने स्पष्ट नभए पनि त्यस क्षेत्रमा इजरायल र हिजबुल्लाहबीच लगातार लडाइँ भइरहेको छ ।

यसबिच ट्रम्पले युद्ध अन्त्यका लागि इरानले ‘बिना शर्त आत्मसमर्पण’ गर्नुपर्ने माग दोहोर्‍याए । उनले इरानले यस्तो कदम चालेमा देशको अर्थतन्त्र पुनर्निर्माणमा सहयोग गर्ने वाचा पनि गर्नुभएको छ  यो प्रस्ताव अमेरिकाले यसअघि बताएको सैन्य उद्देश्यभन्दा अझ व्यापक भएको विश्लेषण गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले भने मध्यपूर्वमा भइरहेको ‘गैरकानूनी आक्रमण’ को निन्दा गर्दै युद्ध नियन्त्रण बाहिर जान सक्ने चेतावनी दिए । उनका अनुसार जारी सङ्कटले ठूलो मानवीय पीडा निम्त्याइरहेको छ र विश्व अर्थतन्त्रका लागि गम्भीर जोखिम सिर्जना गरिरहेको छ ।

युद्धको प्रभाव प्रमुख जलमार्ग स्ट्रेट अफ होर्मुजमा पनि देखिएको छ । एएफपीले विश्लेषण गरेको मरिन ट्राफिक डाटाअनुसार सोमबारदेखि केवल नौ तेल ट्याङ्कर, कार्गो र कन्टेनर जहाज मात्र उक्त जलमार्ग हुँदै गुज्रिएका छन् । सामान्य अवस्थामा विश्वको कच्चा तेलको करिब २० प्रतिशत र तरलीकृत प्राकृतिक ग्यासको करिब २० प्रतिशत यही मार्गबाट ओसारपसार हुने गर्दछ ।

यता फ्रान्सले पनि भूमध्यसागर क्षेत्रमा सैन्य उपस्थिति बढाएको छ । फ्रान्सेली सेनाका अनुसार हेलिकप्टर बोक्ने जहाज त्यहाँ तैनाथ गरिएको छ । पेरिसले यसअघि नै आफ्नो मुख्य एयरक्राफ्ट क्यारियर र फ्रिगेटहरू पनि क्षेत्रतर्फ पठाउने निर्णय गरेको जनाएको छ ।