२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै News Polar राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि, उपचारदेखि हवाईजहाजका पार्टपुर्जासम्ममा सहजीकरण News Polar विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान News Polar ‘नागरिक स्पेस’ को खोजी’– अहिले ? …कहिले ? News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला

दलीय राजनीतिबाट रवीन्द्र मिश्र अलग, राप्रपाका सबै जिम्मेवारीबाट राजीनामा

दलीय राजनीतिबाट रवीन्द्र मिश्र अलग, राप्रपाका सबै जिम्मेवारीबाट राजीनामा
अ अ+ अ-

काठमाडौँ। रवीन्द्र मिश्र ले दलीय राजनीतिबाट तत्कालका लागि अलग हुने घोषणा गरेका छन्। उनले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सबै जिम्मेवारीबाट राजीनामा दिएको जानकारी दिएका हुन्।

पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका मिश्रले देशभरि राजसंस्था पुनर्स्थापनाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि त्यसलाई संगठित र पूँजीकृत गर्न राप्रपा विभिन्न कारणले सफल हुन नसकेको बताएका छन्। सो विफलताका लागि आफू पनि जिम्मेवार रहेको उनले स्वीकार गरेका छन्।

मिश्रले देशको हितलाई विचारभन्दा माथि राख्नुपर्ने उल्लेख गर्दै बदलिँदो भूराजनीतिक अवस्था र कमजोर हुँदै गएको आन्तरिक परिस्थितिका बीच भावी पुस्ताका लागि देश बचाउन तथा निर्माण गर्न नयाँ समझदारी र संरचनागत पुनरावलोकन आवश्यक रहेको बताएका छन्।

विज्ञप्तिमा उनले आजदेखि लागू हुने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको र अब केही समयका लागि गैरदलीय (स्वतन्त्र) रूपमा आफ्ना विचार र अडानहरू सार्वजनिक गर्दै जाने बताएका छन्। राजसंस्था पुनर्स्थापना र सुशासनजस्ता मुद्दामा भने आफ्नो अडान यथावत रहने उनको भनाइ छ।

गत नौ वर्षको आफ्नो राजनीतिक यात्रालाई उनले उतारचढावपूर्ण भएको उल्लेख गर्दै यस अवधिमा देश र राजनीतिक रूपान्तरणका लागि इमानदारीपूर्वक प्रयास गरेको बताए। तर ती प्रयास अझै पर्याप्त हुन नसकेको उनले स्वीकार गरेका छन्।

मिश्रले व्यक्तिगत स्वार्थभन्दा माथि देशको हितलाई राखेर राजनीति गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै देश–विदेशमा रहेका नेपाली तथा पार्टीका नेता–कार्यकर्ताप्रति सहयोगका लागि आभार व्यक्त गरेका छन्।