९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘उडान अनिश्चत भएपछि न भोट हाल्न पाइने भो, न विदेश जान’



अ+ अ-

काठमाडौँ। देश निर्वाचनको सम्मुखमा छ । काठमाडौँबाट मतदान गर्ने उत्साह बोकेर घर फर्किनेहरू बढ्दैछन्, तर इटहरीका सन्तोष तामाङ भने हातमा पासर्पोट र हवाई टिकट बोकेर चार दिनदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चक्कर लगाइरहनुभएको छ । दिनहुँ विमानस्थल पुग्नुहुन्छ, उडान रद्ध भएको सूचना पाएसँगै निराश भएर फर्किनुहुन्छ ।

रोमानीयामा रोजगार गर्दै आउनुभएका तामाङ दुई महिनाको घर बिदा सकेर पुनः उतै फर्किने लाग्नुभएको छ । युद्धको प्रभावले गर्दा विमान रद्ध भएपछि उहाँ चार दिनदेखि विमानस्थल धाइरहनुभएको छ ।

“उडान अनिश्चित भएकाले घर फर्किने स्थिति छैन । हरेक २४ घन्टामा विमान उडानको स्थिति बुझ्नुपर्छ । यस्तो अवस्थामा न भोट हाल्न घर जान पाइने भयो, न उडान नै । निकै फसादमा छु”, उहाँले गुनासो गर्नुभयो ।

कैलाली टीकापुरका प्रदीप रावलको नियति पनि त्यस्तै छ । उहाँलाई बिदाइ गर्न आमा र हजुरआमा चार दिनअघि विमानस्थल आउनुभएको थियो । “छोरो विदेश बिदाइ गर्दा आमा रुदैँ जानुभयो, म यहीँ छु”, उहाँले भन्नुभयो,“घरै फर्के भन्नुहुन्छ, भोट हाल्न मन छ, तर यता उडान छुट्ने डर पनि छ ।”

रावलले देशको प्रतिनिधि चुन्न पाउने नैसैर्गीक अधिकारको सदुपयोग गर्ने चाहना हुँदाहुँदै परिस्थितिका कारण काठमाडौँमै अल्झिनुपरेको छ । “पहिला विदेशमा दिएँ, अहिले स्वदेशमै हुँदा नि भोट हाल्ने अवसर जुरेन । निकै दुःख लागेको छ ।”

तामाङ र रावल मात्र होइन, अमेरिका–इजराइल र इरानबीचको द्वन्द्वपछि मध्यपूर्वस्थित खाडीमुलुकमा जाने धेरै नेपाली प्रभावित भएका छन् । विदेशमा रहेका नेपाली कसरी सुरक्षित हुने भनेर तनावमा छन्, भने नेपालबाट विदेश जाने तयारीमा रहेकाहरु विमान उडान हुने हो कि नहुने हो भनेर ।

भोजपुरका कुलबहादुर विश्वकर्माले त सोमबार दुवई पुगिसक्नुपर्ने समयसीमा थियो, तर त्यहाँ कहिले पुग्ने हो टुङ्गो छैन । एकातिर काम गर्र्ने ठाउँ पुग्न पाइएको छैन, अर्कोतिर देशमै भए पनि भोट हाल्न नपाउँने भए पनि उहाँमा तनावमाथि तनाव छ । “भोट हाल्न मन त थियो, तर घर आउँदा जाँदै दुई दिन लाग्छ । सबै मत हाल्न आआफ्नो घरतिर गएपछि मन खिन्न भएको छ”, उहाँले भन्नुभयो ।

नेपाल वैदेशिक रोजगार सङ्घका अध्यक्ष भुवनकुमार गुरुङले भने युद्धका कारण केही उडान अनिश्चितकालीन रूपमा रद्ध भएका र तुरुन्तै खुल्ने सम्भावना नरहेकाले घर फर्किन आग्रह गर्नुहुन्छ । “उडान तुरुन्तै हुँदैन, ठुक्क भएर घर फर्किए हुन्छ”, उहाँले भन्नुभयो,“यद्यपि, आफ्नो कम्पनीसँग सम्पर्क गरिरहनुपर्छ ।”

नेपाल नागरिक उड्डयन प्राधिकरणको सूचनाअनुसार मध्यपूर्व क्षेत्रका कतार, युएइ, कुवेत, इरान, इराक, इजराइल, जोडन, लेबनान, बहराइनका विमानस्थल बन्द गरिएका छन् । नेपाल सरकारको तथ्याङ्कअनुसार खाडीमुलुकमा काम गर्न जाने श्रमिकको सङ्ख्या १९ लाख छ, जसमध्ये कतारमा तीन लाख ५७ हजार ९१३ छन् । ओमनमा २५ हजार, इजराइलमा छ हजार ५००, इरानमा छ जना, कुवेदमा एक लाख ७५ हजार नेपाली छन् ।

यसैगरी, बहराइनमा २८ हजार, साउदी अरबमा तीन लाख ८४ हजार ८६५ र संयुक्त अरब इमिरेट्समा सात लाख, लेवनानमा एक हजार ५०० इराकमा ३० हजार र साइप्रसमा १७ हजार नेपाली कामदार छन् । रासस