३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी

माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी
अ+ अ-

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि उत्पादन वृद्धि गर्न सरकारले माटो सुधार योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ।

मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री चौधरीले माटोको गुणस्तर सुधारसँगै कृषि उत्पादन, बजारीकरण र व्यवसायीकरणलाई जोड्ने गरी विभिन्न योजना अघि बढाइएको जानकारी दिनुभयो।

उहाँले उर्वर भूमिमा भइरहेको कङ्क्रिटीकरण रोक्दै कृषि उत्पादनका लागि जमिनको उपयोग बढाउने उद्देश्यले माटो सुधार योजना अघि सारिएको बताउनुभयो। माटोको गुणस्तर सुधारका लागि जैविक तथा प्राङ्गारिक पदार्थको प्रयोगमा जोड दिँदै कार्ययोजना निर्माण भइरहेको उहाँको भनाइ छ।

नेपालको माटोको पीएचस्तर घट्दै गएको उल्लेख गर्दै मन्त्री चौधरीले दीर्घकालीन रूपमा माटोको उर्वराशक्ति संरक्षण गर्न जैविक, प्राङ्गारिक तथा दिगो कृषि प्रणाली अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

उहाँले भन्नुभयो, “माटो बिग्रन समय लाग्दैन, तर बिग्रिएको माटो सुधार गर्न दशकौँ लाग्न सक्छ। त्यसैले हामीले कार्ययोजना बनाएर नेपाललाई जैविक तथा प्राङ्गारिक कृषि प्रणालीतर्फ लैजाने मोडलमा काम गरिरहेका छौँ।”

मन्त्री चौधरीका अनुसार सरकारले किसान सूचीकरणलाई समेत विशेष प्राथमिकतामा राखेको छ। किसान परिचयपत्रमार्फत किसान र उनीहरूले उत्पादन गर्ने कृषि वस्तुको विवरण व्यवस्थित गर्न सहज हुने उहाँले बताउनुभयो।

“किसान सूचीकरणलाई हामीले एकदमै धेरै प्राथमिकता दिएर अगाडि बढाएका छौँ। किसानले पाउने परिचयपत्रमा सबै विवरण हुन्छ। त्यसले किसानलाई ट्र्याकिङ गर्न र उनीहरूले उत्पादन गर्ने वस्तुका आधारमा आवश्यक सहयोग गर्न सहज हुन्छ,” उहाँले भन्नुभयो।

उत्पादनलाई बजारसँग जोड्न एप्लिकेसन विकास गरी डिजिटल मार्केटप्लेस निर्माण गर्ने योजना पनि सरकारले अघि बढाएको उहाँले जानकारी दिनुभयो। उक्त योजना हाल निर्माणकै क्रममा रहेको उहाँको भनाइ छ।

सरकारले विगतमा सञ्चालन गरिएका कृषि योजनामा देखिएका कमजोरी पहिचान गरी तीन तहका सरकारबीच समन्वय र सहकार्य बढाउने गरी योजना तथा कार्यविधिको पुनःविश्लेषण गरिरहेको मन्त्री चौधरीले बताउनुभयो।

कृषि क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिकालाई समेत सरकारले महत्व दिएको उहाँको भनाइ छ। कुनै पनि क्षेत्रको विकासका लागि निजी क्षेत्रको सक्रियता आवश्यक हुने उल्लेख गर्दै उहाँले निजी लगानीलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रलाई आवश्यक अवसर उपलब्ध गराउने विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभयो।

मन्त्री चौधरीले कृषि उत्पादन बढाउन माटोको स्वास्थ्य सुधारदेखि किसानको सूचीकरण, डिजिटल बजार निर्माण, उत्पादनको बजारीकरण र निजी क्षेत्रको सहभागितासम्मलाई एकीकृत रूपमा अघि बढाउने गरी सरकारले काम गरिरहेको जानकारी दिनुभयो।