३ भाद्र २०८३, बुधबार
,
Latest
मल वितरणमा लालपूर्जा माग्नु नकारात्मक विषय होइन : कृषिमन्त्री चौधरी सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत जंगली जनावरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर बनोस्ः सांसद बोगटी लागुऔषध दुर्व्यसनी भयावह अवस्था रोक्न सांसद खनालले गराए सरकारको ध्यानाकर्षण बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी वागमतीमा एमालेका किरण थापालाई राप्रपाको समर्थन छैन : अध्यक्ष लिङ्देन सरकारको कार्यशैली र बजेटप्रति कांग्रेस सांसद केसीको आपत्ति विपद् व्यवस्थापन र सुशासनको सवालमा सरकार असफल भएको सांसद शाहको आरोप मानवीय सेवामा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न गृहसचिव श्रेष्ठको आग्रह किरण थापालाई समर्थनबारे बुझाइएको पत्र आधिकारिक नभएको राप्रपाको स्पष्टोक्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाडीमा युद्धको त्रासः इजरायलमा हिजबुल्लाहको हमला, इरानमा इजरायलको आक्रमण जारी



अ+ अ-

खाडीमा जारी द्वन्द्व अझै रोकिएको छैन । गत शनिबार इरानमाथि अमेरिकी सहयोगमा इजरायलले आक्रमण सुरु गरेपछि एक अर्कामाथिको आक्रमण झन् चर्किएको छ ।

सोमबार बिहानै बिबीसीले दिएको जानकारी अनुसार इरानको राजधानी तेहरानमा हमला भएको छ । तेहरानको आकासमा कालो मुस्लो धुवाँ निस्केको र तेहरानका विभिन्न स्थानमा बमबारी भएको बताइएको छ । तर यो क्षतिको विवरण भने अझै केही प्राप्त हुन सकेको छैन ।

यता लेबनानस्थित इरान समर्थित समूह हिजबुल्लाहले इजरायलमा पनि मिसाइल र ड्रोनले हमला गरेको जनाइएको छ । इजरायलले अमेरिकासँग मिलेर इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गरेपछि त्यसको बदला भन्दै आइतबार हिजबुल्लाहले लेबननबाट त्यहाँ हमला गरेको हो ।

इरानले लेबननमा हिजबुल्लाह, गजामा हमास, यमनमा हुथी र इराकमा विभिन्न समूहलाई हतियार र सैन्य तालिम दिएर इसराइलमाथि आक्रमण गराउँदै आएको छ ।

हिजबुल्लाहले गएराति हैफाको दक्षिणमा रहेको इसराइली सेनाको मिस्मार हा–कार्मेल मिसाइल रक्षा केन्द्रलाई लक्षित गर्दै मिसाइल र ड्रोन प्रहार गरिएको अल–मनार टेलिभिजनमार्फत जारी वक्तव्यमा जनाएको छ ।

तर इजरायलले भने लेबननबाट प्रहार गरिएको हमला निस्तेज पारिएको र अन्य केही हवाई हतियारहरू खुला क्षेत्रमा खसालेको जनाएको छ ।
आक्रमणबाट भएको मानवीय क्षतिका बारेमा कुनै सूचना भने प्राप्त नभएको बताइएको छ ।