४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सरकारको कार्यशैली र बजेटप्रति कांग्रेस सांसद केसीको आपत्ति

सरकारको कार्यशैली र बजेटप्रति कांग्रेस सांसद केसीको आपत्ति
अ+ अ-

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद चन्द्रबहादुर केसीले वर्तमान सरकारको कार्यशैली, संसदीय जवाफदेहिता, सुशासन र बजेटप्रति आलोचना गर्नुभएको छ ।

राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद केसीले सरकारले विगतका सरकारलाई दोष दिएर आफ्नो जिम्मेवारीबाट पन्छिन नमिल्ने बताउनुभयो । राज्य निरन्तरताको उत्तराधिकार वर्तमान सरकारले बोक्नुपर्ने उल्लेख गर्दै उहाँले विगत ३५ वर्षको इतिहासलाई मात्र दोष दिएर वर्तमान समस्या समाधान हुन नसक्ने तर्क गर्नुभयो ।

सांसद केसीले संसदीय व्यवस्थामा प्रधानमन्त्री संसद्को नेता भएकाले सदनलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने जिम्मेवारी पनि सरकारकै हुने बताउनुभयो । कैयौँ दिनसम्म संसद् अवरुद्ध हुनु र प्रभावकारी रूपमा संसदीय काम अघि बढ्न नसक्नुले सरकारको नेतृत्वदायी भूमिकामाथि प्रश्न उठाएको उहाँको भनाइ थियो ।

अर्थमन्त्रीको विज्ञतामाथि सर्वसाधारणले ठूलो अपेक्षा राखेको भए पनि हालै सार्वजनिक बजेटले विपन्न वर्गलाई पर्याप्त सम्बोधन गर्न नसकेको उहाँले आरोप लगाउनुभयो । बजारमुखी अर्थतन्त्रले गरिब जनताको मर्म बुझ्न नसकेको भन्दै उहाँले बजेटले हुनेखाने वर्गलाई मात्रै प्राथमिकता दिएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, “संसदीय व्यवस्थामा प्रधानमन्त्री सदनको नेता हुन्छ, तर खोइ संसदलाई काम दिएको ? यहाँ शालीनता, जवाफदेहिता र अनुशासन कहाँ छ ? दालभात र डुकुभात खाने जनताको आँसु नबुझी ल्याइएको बजेटले नेपाली जनतालाई थप पीडा दिएको छ ।”

सांसद केसीले गौरी आयोगको प्रतिवेदनलगायत विभिन्न छानबिन समिति तथा आयोगका प्रतिवेदन सरकारले गोप्य राखेको भन्दै आपत्ति जनाउनुभयो । सत्यलाई सधैँ लुकाउन नसकिने भन्दै उहाँले २३ र २४ गतेका घटनासम्बन्धी प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो ।

मानवअधिकार आयोगले सरकारलाई बुझाएका प्रतिवेदनसमेत प्रभावकारी रूपमा कार्यान्वयन नभएको भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

गृहमन्त्रीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगरेको तथा सुरक्षा निकायका प्रमुखहरूसँगको सम्बन्ध सामाजिक सञ्जालमा चर्चाको विषय बनेको भन्दै सांसद केसीले आलोचना गर्नुभयो । शासनसत्ता, प्रशासनिक संयन्त्र र सुरक्षा निकायबीचको सम्बन्धलाई मर्यादित, पारदर्शी र सक्षम बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ लक्षित गर्दै सांसद केसीले वर्तमान संविधानअनुसार निर्वाचित भएर सरकारमा सहभागी भएका दलहरूले नै संविधान र संघीयतामाथि प्रश्न उठाउनु विरोधाभासपूर्ण भएको टिप्पणी गर्नुभयो ।

संघीयता र प्रदेश खारेजी वा परिमार्जनबारे सरकारमा सहभागी दलहरूभित्रै फरक–फरक धारणा सार्वजनिक भइरहँदा त्यसले जनतामा थप भ्रम सिर्जना गरेको उहाँले बताउनुभयो ।