३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
अ+ अ-

काठमाडौँ । सरकारले बिजुलीको महसुल घटाएर उपभोक्ता तथा उद्योगलाई सहुलियत दिने तयारी अघि बढाएको छ। वर्षायाममा विद्युत् उत्पादन बढेर खेर जाने अवस्था अन्त्य गर्दै आन्तरिक खपत बढाउने उद्देश्यले महसुल पुनरावलोकनको गृहकार्य अघि बढाइएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा गत १३ साउनमा विद्युत् महसुल दर पुनरावलोकन गर्न नेपाल विद्युत् प्राधिकरणले समिति गठन गरेको थियो। प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित समितिमा ऊर्जा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, ऊर्जा विज्ञ, उपभोक्ता तथा वित्त विज्ञ सदस्य छन्।

समितिको बैठक बुधबार अपराह्न ४ बजे ऊर्जा मन्त्रालयमा बस्दैछ। बैठकमा विद्युत्को महसुल घटाउने उपाय तथा वर्षायाममा सस्तो दरमा बिजुली उपलब्ध गराउने विषयमा छलफल हुने बताइएको छ।

समितिका संयोजक शाहीका अनुसार वर्षायाममा विद्युत् उत्पादन बढ्दा ठूलो परिमाणमा बिजुली खेर जाने गरेको छ। यसका कारण प्राधिकरणले मासिक अर्बौँ रुपैयाँ बराबरको नोक्सानी व्यहोर्नुपरेको भन्दै उनले विद्युत्को आन्तरिक खपत बढाउन महसुल पुनरावलोकन आवश्यक रहेको बताए।

उनका अनुसार वर्षायामलाई लक्षित गरेर ‘सिजनल ट्यारिफ’ लागू गरी उपभोक्ता र उद्योगलाई सस्तो दरमा विद्युत् उपलब्ध गराउने तयारी भइरहेको छ। यसबाट विद्युत् खपत बढाउनुका साथै प्राधिकरणको नोक्सानी घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

उद्योगहरूलाई समेत वर्षायाममा सहुलियत दरमा विद्युत् उपलब्ध गराउने तयारी रहेको शाहीले बताए। उद्योगले सस्तो विद्युत् पाएपछि उत्पादन लागत घट्ने र त्यसको लाभ उपभोक्तासम्म पुर्‍याउन सकिने विषयमा समेत छलफल भइरहेको उनले जानकारी दिए।

‘सिजनल ट्यारिफ गर्दा विद्युत्को महसुल कसरी घटाउन सकिन्छ भनेर आज मन्त्रालयमा बैठक बस्दैछ,’ शाहीले भने, ‘वर्षायामको सिजनल ट्यारिफ सस्तो हुँदा उद्योगहरूले आफ्नो उत्पादनमा उपभोक्तालाई कसरी सहुलियत दिन सक्छन् भन्ने विषयमा पनि छलफल भइरहेको छ। हामी छिटै निर्णय गर्छौं।’

सरकारले विद्युत्को कर तथा महसुल बढाएको भन्दै आलोचना भइरहेका बेला ऊर्जा मन्त्रालयले भने उपभोक्तालाई सहुलियत दिने उपायको खोजी थालेको हो। समितिको सुझावका आधारमा विद्युत् महसुल पुनरावलोकन गरी नयाँ दर निर्धारण गर्ने तयारी गरिएको छ।